पाेखरा वडा नम्वर २६ मा एमालेका नेताकाे वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी

  • ख-
  • ख+

लेखनाथ । आसन्न स्थानिय तह निर्वाचनका लागि पाेखरा २६ मा नेकपा एमालेका नेता रामकृष्ण जि सी. ले वडाध्यक्ष पदमा  स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उम्मेदवार मनाेनयन पछि कुरा गर्दै उनले भने-“२०७४ काे स्थानिय निर्वाचनमा पाेखरा महानगरपालिका वडा नम्वर २६ मा पार्टीलाई अत्यधिक बहुमतले विजयी गराउनकाे लागि वडा सदस्य पदमा रहि सवैभन्दा धेरै मत ल्याउन सफल  भएकाे थिएँ । त्यसपछि जनप्रतिनिधिकाे रुपमा रहदा विभिन्न संस्था टाेल विकास, विद्यालय, आमा समूह, खेलकुद क्षेत्र, वृद्वाश्रममा दिवा  खाजा सेवाकाे व्यवस्थापन, मठमन्दिर निर्माण, विपन्न परिवारलाई सहयाेग गर्दै आए र आगामी दिनमा बाँकी रहेका काम पूरा गर्न र वडावासीकाे जनचाहाना बुझेर स्वतन्त्र उम्मेदवारी दिएकाे हुँ ।”

यसअघि उनी अर्घाै गाविसकाे वडा नम्वर ९ मा २०४९ मा एमालेबाट एक मात्र विजयी उम्मेदवार हुन भने त्यसपछि २०५४ मा लेखनाथ नगरपालिका भएपछि एमालेबाट वडा नम्वर ३ का वडाध्यक्ष पदमा प्रतिपक्षी पार्टीमा उम्मेदवार भन्दा दाेव्वर मतले विजयी भएका थिए ।

राजनीतिक यात्रा बाहेक उनी २०५४ सालदेखि लक्ष्मी मावि पाेखरा २६ विद्यालय व्यस्थापनकाे सदस्य र २०५६ देखि हालसम्म विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष पदमा रहेर काम गरेका छन् ।

उनले एक पटककाे लागि वडाध्यक्षमा वडावासीकाे साथ सपाेटकाे आशा गरेकाे र अत्यधिक बहुमतले विजयी गराउनुहुनेछ भन्ने पुर्ण विश्वास लिएकाे बताए । साथे उनले हिजाे, आज र भाेलि वडावासीकाे विश्वासका साथ अगाडी बढ्ने अठाेट गरे ।

जि.सी ले वडावासीको चाहाना अनुसार नै स्वतन्त्रमा उम्मेदवारीको दिएको र फेरि पनि सेवा गर्ने मौका दिनुहुनेछ भन्ने पुर्ण विश्वासका साथ अगाडि बढेको बताए ।

स्मरण रहाेस नेकपा एमालेकाे तर्फबाट पार्टीले टिकट  नदिए पछि उनले वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेवारी दर्ता गराएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्