पाेखरा ४ मा एमाले नेता मदनकुमारकाे नेतृत्वमा उम्म्दवारी दर्ता

  • ख-
  • ख+

पोखरा । नेकपा एमाले नेतापोखरा ४ का मदन कुमार मुल्मिको  नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ ।

वडाकाे महिला सदस्य लक्ष्मीदेवि पराजुली,खुला सदस्यमा अब्दुल हमिद , सिमा कोइराला र  उत्पिडित महिला सदस्यमा कमला सिके रहेका छन् ।

उम्मेदवारहरुले हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

काङ्ग्रेसको गढ मानिने  वडा ४ मा “पटक पटक खोज्यौ अरुलाई अब यो पटक  रोजौं एमालेलाई” भन्ने नाराका साथ घर दैलो अभियान सुरु भएको छ ।

लामो समय सम्म बैंकिङ्ग क्षेत्रमा काम गरेका अध्यक्ष पदका उमेदवार मदन कुमार मुल्मिको नेतृत्वले वडा नम्बर ४ को बागडोर सम्हाल्ने कुरामा दुई मत नरहेको जानकारी सोही वडावासी तथा प्रदेश सभा सदस्य माननीय प्रभा कोइरालाले घर दैलो कार्यक्रममा बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्