माछापुच्छ्रे गाउँपालिका वडा नम्वर २ मा  एमालेकाे प्रचारप्रसार कार्यालय ताेडफाेड

  • ख-
  • ख+

पाेखरा । माछापुच्छ्रे गाउँपालिका वडा नम्वर २ मा एमालेकाे प्रचारप्रसार कार्यालयमा गयराति ताेडफाेड भएकाे छ ।

वडा नम्वर २ काे भुर्जुङखाेला बसपार्क नजिक रहेकाे प्रचारप्रसार कार्यालयमा ताेडफाेड भएकाे नेकपा एमाले माछापुच्छ्रे गाउँपालिका कमिटीकाे प्रचारप्रसार सहसंयाेजक ऋषि गाैतमले जानकारी दिए ।

उनले गाउँपालिकामा एमालेकाे जित सुनिश्चित देखेर विपक्षीहरु अत्तालिएर कार्यालय ताेडफाेड गरेकाे आफुहरुकाे आशंका रहेकाे बताए ।

हिजाेकाे समयमा भएका मण्डले प्रवृति, दादागिरीका अवशेषहरु अझै पनि याे समाजमा बाँकी रहेकाे कुरा याे घट्नाले पुष्टि गर्ने नेकपा एमाले गाउँपालिका अध्यक्ष विक्रम गुरुङले बताएका छन् ।

यस्ता खालका विकास विराेधी, अराजक, अन्याय, दमनका विरुद्व नेकपा एमाले सधैं अग्रस्थानमा रहने उनकाे अठाेट छ । यस्ता खालका प्रवृतिकाे अनत्य गर्नका लागि पनि आसन्न स्थानिय तहकाे निर्वाचनमा सुर्य चिन्हमा मतदान गर्न उनले सबै गाउँपालिकाबासीलाई अनुराेध गरेका छन्

अध्यक्ष गुरुङले घटनाकाे विस्तृत छानविन गरि दाेषीलाई कारवाहीकाे माग गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्