नेकपा एमाले पोखरा वडा नं ४ को चुनावी अभियान तिव्र, मतदानका  घर घरमा पुग्दै उम्मेदवार

  • ख-
  • ख+

पोखरा ।
वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि पोखरा महानगरपालिका वडा नम्बर ४ का नेकपा एमालेका उमेदवारहरु यतिबेला घरदैलोमा व्यस्त छन् ।

वडाध्यक्षका उम्मेदवार मदन कुमार मुल्मी,  सदस्यका उम्मेदवारहरु लक्ष्मी देवि पराजुली, सिमा कोइराला, अब्दुल हमिद र कमला सिकेसहितको टोलीले  वडाको  यतिमार्ग, भयरथान मार्ग र काेइराला विर्तामार्ग  पराजुली मार्ग लगायत गैह्रापाटनकाे तलकाे भित्रि भाग वरपर घरदैलो गरेको  कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा मतदाताहरु बाट राम्रो प्रतिकृया पाइएको कुरा अध्यक्षका प्रत्यासि  मुल्मीले बताए ।  उनले सामाजिक आर्थिक रुपान्तरण गर्नको लागि, सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षामा सुधार ल्याउनको लागि, वडाको फोहोरमैलाको उचित व्यवस्थापन गर्नको लागि, स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो रहनसहनको लागि, निरोगी वडा स्वस्थ वडाबासी बनाउनको लागि, मौलिक कला र संस्कृतिको संरक्षण गरी पर्यटनमा वृद्धि गर्नको लागि, संस्थागत सुदृढीकरण र संस्थागत विकास गर्नको लागि आफ्नो टिम प्रतिबद्ध रहेको जानकारी दिए । 

घर दैलो गर्ने क्रममा अब वडालाई समृद्ध र विकासको पाटोमा लैजानका लागी  सुर्यमा भोट हान्ले कुरा स्थानीय वडा वासीले बताए  । पटक पटकको ताकेता गर्दा पनि अहिलेको स्थानीय वडा सरकारले बाटो निर्माणमा ध्यान नदिएको भन्दै  बुढानिलकण्ठ मन्दिर वरपरका वासिन्दाले आक्रोश पोखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्