पाेखरा २५ का वृद्ववृद्वा भन्छन्-“जित एमालेकै हाे,गठबन्धन एमालेसँग मिल्न आउछ”

  • ख-
  • ख+

पाेखरा ।

पाेखरा २५ का वृद्वहरुकाे एउटै बाेली छ-” अहिलेकाे चुनावमा जित एमालेकै हाे । अहिले गठबन्धन भएर हिडेकाहरु एक दिन अवश्य पनि हामी(एमाले)सँग
मिल्न आउँछन् ।” उनीहरुले एकै घरका परिवारका सदस्यहरु त मिल्दैनन भने पाँच दल मिल्नेमा विश्वास नभएको बताए ।

आसन्न स्थानिय तहकाे निर्वाचन केन्द्रित चुनावी घरदैलाे कार्यक्रममा एमाले उम्मेद्वार जिताउनकाे लागि वृद्वहरुकाे पनि र जाेश र जाँगर युवाजस्तै छ ।

हेमजा निवासी ९० वर्षीय चित्रबहादुर कार्कीले अहिलेसम्म हार्न नजानेको एमालेको अव पनि निश्चित रुपमा विजयी हुने ठाेकुवा गरे । उनले पहिले बहुमत आएको ठाउँमा अव पुरै एमालेमय हुने विश्वास व्यक्त गरे। उनले थपे: “ढुक्क भए हुन्छ, जित एमालेकाे हाे, हाम्राे हाे ।”

अर्का वृद्व होमबहादुर थापाले पाेखरा २५ मा  अग्रजले राखेकाे कृतिमान र विरासत कायम राख्नु अहिलेको पुस्ताको मुख्य जिम्मेवारी हो, भन्दै युवाहरु जागेर जसरी भए पनि अहिलेको गठबन्धनलाई परास्त गरेर एमाले उम्मेदवारलाई जिताउन सुझाव दिएका छन् ।

याे पटक एमालेका तर्फबाट वडा नम्वर २५ मा वडाध्यक्ष पदका उम्मेदवार तिर्थबहादुर थापा, सदस्य सुवास भण्डारी,कृष्णबहादुर कुवँर, महिला सदस्य धनकुमारी पाेख्रेल तिमिल्सिना, दलित महिला सदस्य तारा विश्वकर्मा चुनावी मैदानमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्