मादीलाई ‘टुरिजम हब’ बनाउन जोड दिनेछु – महेन्द्र गुरुङ

  • ख-
  • ख+

पोखरा ।
नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)ले निर्वाचित भए गाउँपालिकालाई टुरिजम हब बनाउने प्रतिवद्धता जाहेर गरेका छन् । बुधबार मादी ५ ठुलस्वारामा आयोजित चुनावी सभामा बोल्दै उनले मादीमा पर्यटनको राम्रो सम्भावना भएको र पर्यटन बिकास भए गरिबी निवारण हुने भन्ने कुरा समेत व्यक्त गरे ।

मादी गाउँपालिका प्राकृतिक तथा धार्मिक रुपमा भरिपुर्ण भुगोल भएको हुँदा पर्यटन बिकास गर्नु पर्ने बताए । मादी नदीमा राफ्टिङ सञ्चालन, पिकनिक स्पोट निर्माण गरेर पर्यटकलाई आकर्षित बनाउने कुरा बताए ।

‘ठुलस्वारा जस्ता भर्खर होमस्टे सञ्चालन गर्दै गरेको ठाउँ थुप्रै रहेको त्यसको लागि तालिम पनि आवश्यक छ । त्यसको लागि तालिम सञ्चालन गर्नेछु ।’ उनले भने, ‘ मादीका सुन्दर गाउँहरुलाई होम स्टेको रुपमा विकास गर्नेछु ।’त्यसै गरि उनले भ्रष्टाचार विहिन गाउँपालिका, अपाङ्गमैत्री ,समावेशी , युवालाई उद्दामशील बनाउने प्रतिवद्धता जनाए ।

मादीमा नेकपा (एमाले)बाट प्रमुखमा शिवबहादुर गुरुङ (महेन्द्र) संगै उपप्रमुखमा कल्पना गुरुङ, मादी १ मा उमरबहादुर गुरुङ, २ मा एकजंग गुरुङ, ३ मा ज्यामप्रसाद गुरुङ, ४ मा शिवप्रसाद सापकोटा, ५ मा सुब्बा गुरुङ, ६ मा डिलबहादुर क्षेत्री, ७ मा रामप्रसाद गुरुङ, ८ मा प्रेमबहादुर गुरुङ, ९ मा मनोजकुमार गुरुङ, १० मा रामराज सुवेदी, ११ मा सिंहमान तामाङ र १२ मा प्रकाश बराल एमालेबाट उम्मेद्वार छन् ।

एमालेले मादी ४ र ५ नम्बर वडाका गाउँहरु ठुलस्वारा, वयारघारी, थाम, लंकाछर, मादी वेशीमा बुधबार घरदैलो र चुनावी सभा गरिसकेको छ । चुनावी सभामा नेपाली कांग्रेस परित्याग गरी ६ जना युवा एमाले प्रवेश गरेका छन्। प्रवेश गरेकाहरु लंकाछरका तुल जंग गुरुङ, एक बहादुर गुरुङ, सन्तोष गुरुङ, बेल बहादुर गुरुङ, रूम बहादुर गुरुङ र पिटर गुरुङ हुन् ।

बिहिबार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित एमालेका नेता–कार्यकर्ता मादी १ का गाउँ हरु सिक्लेस, खिलाङ र पार्चेका मतदातामाझ जाने छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्