पोखरामा मेयर उपमेयर सहित अधिकांस वडामा हाम्रो जित सुनिश्चित :न्यौपाने

  • ख-
  • ख+

पोखरा ।
नेकपा एमाले पोखरा महानगर कमिटिका अध्यक्ष दिलिप न्यौपानेले पोखरामा एमालेले मेयर उपमेयर सहित अधिकांस वडाहरुमा जित हाँसिल गर्ने दावी गरेका छन् ।

नेकपा एमाले प्रचार बिभागले गरेको स्थानिय तह निर्बाचन केन्द्रीत फेसबुक लाइभ कार्यक्रममा बोल्दै उनले पोखराका ३३ मध्ये २७ देखि ३० वडामा जित सुनिश्चित भएको औल्याए ।

‘देशैभरका नगरहरुमध्ये उत्कृष्ट काम गरेर सफल भएको महानगर पोखरा हो, वडा वडालाई अधिकार प्रत्यायोजन गरि घरघरमा सरकार पुगेको अनुभुति दिलाउने गरि काम गरेका छौं, यो नै हाम्रो जितको आधार हो’–उनले भने ।

विकास निर्माणको हिसाबले पोखराले यो पाँच वर्षमा ऐतिहाँसिक काम गरेको जनाउँदै कोभिडको चुनौतीका माझ पनि अनगिन्ती काम भएका उनले जनाए ।  

जनताको विश्वास जित्नु नै चुनाव जित्ने आधार भएको बताउँदै एमाले जनताको मन मनमा बसेको उनले टिप्पणी गरे ।

जनताले सूर्य चिन्हमै मतदान गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै ढुक्क भएर जितको मनोवल सहित निर्वाचनमा लाग्न पनि उनले कार्यकर्तालाई आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्