पाेखरा २५ काे झिर्झिकामा स्थानियले सम्झिए एमाले जनप्रतिनिधिले गरेका विकासका काम

  • ख-
  • ख+

पाेखरा । पाेखरा महानगरपालिका वडा नम्वर २५ काे उत्तरपट्टि रहेकाे झिर्झिका गाउँ वडाका अरु बस्तीमध्येमा विकट मानिन्छ । उक्त वस्तीमा एमालेले चुनाव केन्द्रित घरदैलाे कार्यक्रम गरेकाे छ ।

घरदैलाे पश्चात भएकाे काेणसभामा झिर्झिकाका पुराना वासिन्दा पदमलाल अधिकारीले एमाले जनप्रतिधिले गरेका विकासका काम स्मरण गरे ।

खानेपानीकाे समस्या समाधान, सडक बाटाेकाे स्तराेन्नति, सामाजिक भवन निर्माण लगायतका विकासका काम सम्झिए र धन्यवाद दिए ।

उनले अब आउने जनप्रतिनिधिले पनि यसरी नै विकासका काम गर्न सुझाव दिए ।

झिर्झिकाकाे फलामे खेतबाट नयाँ सडक विस्तार, उन्नत खालकाे फलफुल खेतिमा जाेड, हाेमस्टे प्रर्वद्वन गर्ने लगायतका काम आफ्नाे गाउँमा गर्नुपर्ने माग राखे ।

मागलाई आत्मसात गर्दै वडाध्यक्षका प्रत्यासी तिर्थबहादुर केसीले स्थानियकाे माग  सम्बाेधन हुने गरि काम गर्ने प्रतिवद्वता जनाए ।

साथै घाेषणापत्रमा रहेका काम पुरा गर्ने महिलाका समस्या समाधान, युवालाई स्वराेजगार, उत्पिडितका समस्या समाधानलाई प्राथामिकता दिने बताए ।

प्रदेश कमिटिकाे सदस्य धर्मराज बाँस्ताेलाले जनताकाे पार्टी एमाले भएकाेले सात सुर्यमा सात छाप लगायर एमाले उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । कार्यक्रम सञ्चालन वडा कमिटी सचिव देविप्रसाद अधिकारीले  गरेका थिए ।

आसन्न स्थानिय तहकाे निर्वाचन केन्द्रित घरदैलाे अन्तर्गत फलामे खेत, याम्दी, आसपास, तिव्वतियन क्याम्प आसपास घरदैलाे गरिएकाे सचिव अधिकारीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्