पाेखरा २५ मसिनावगरका स्थानियले राखे वडाका एमाले उम्मेवारसमक्ष समस्या,समाधान गर्ने प्रतिवद्वता

  • ख-
  • ख+


पाेखरा । पाेखरा २५ मसिनावगरका स्थानियले भाेट माग्न गएका एमाले उम्मेदवारलाई टाेलका समस्या सुनाएका छन् ।

आसन्न स्थानिय तहकाे निर्वाचन लक्षित कार्यक्रमकाे घरदैलाेमा छन्, एमाले उम्मेदवारहरु । यहि माैका पारेर मसिनावगरका स्थानियले  एमाले उम्मेद्वारसमक्ष टाेलका समस्या राखेका हुन् ।

स्थानिय काले गुरुङले मसिनावगरका समस्या सुनाउँदै भने:-“यहाँ सेती कटानकाे समस्या छ, विद्यालयमा शिक्षक दरवन्दी छैन, बाटाे, खानेपानी लगायतकाे समस्या छ, समस्या समाधानकाे लागि पहल गर्नुपर्याे ।”

यस्तै सिमा गुरुङले युवामुखी कार्यक्रम ल्याउने माग गरिन् ।

स्थानियका समस्या सुनिसकेपछि वडाध्यक्षका उम्मेद्वार तिर्थबहादुर थापाले मसिनावगरका समस्या घाेषणापत्रमै समिटिएकाे हुनाले समस्या समाधान हुनेमा ढुक्क हुन आग्रह गरे ।

आफूले चुनावमा जिते पनि नजिते पनि सधैं वडाकै विकासका काममा खटिरहने अध्यक्ष थापाले बताए ।

वडा सदस्यका उम्मेदवार कृष्ण कुँवरले एमाले उम्मेदवारलाई सुर्य चिन्हमा मतदान गरेर वडाकाे विकास गर्न माैका दिनुहुन मतदातासमक्ष अनुराेध गरे ।

घरदैलाे अन्तर्गत पाेखरा २५ लामाचाैताराबाट जैसीचाैर,थापथाेक हुँदै  मसिनावगर आएर काेणसभामा परिणत भएकाे थियाे ।

पाेखरा २५ का वडा कमिटी सचिव देवीप्रसाद अधिकारीले सञ्चालन गरेेकाे कार्यक्रमकाे समापन कमिटी अध्यक्ष ऋषिराम पाैडेलले गरेका थिए।

याे पटक एमालेका तर्फबाट वडा नम्वर २५ मा वडाध्यक्ष पदका उम्मेदवार तिर्थबहादुर थापा, सदस्य सुवास भण्डारी,कृष्णबहादुर कुवँर, महिला सदस्य धनकुमारी पाेख्रेल तिमिल्सिना, दलित महिला सदस्य तारा विश्वकर्मा चुनावी मैदानमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्