पाेखरा वडा नम्वर २५ काे वस्तुगत विवरण सार्वजनिक

  • ख-
  • ख+

बालकुमारी पौडेल /पाेखरा ।
पाेखरा महानगरपालिका वडा नम्वर २५ काे वस्तुगत विवरण सार्वजनिक भएकाे छ ।

शनिवार वडा नम्वर २५ का वडाध्यक्ष शाेभाखर तिम्सिनाले वस्तुगत विवरण(पार्श्व चित्र) पुस्तिका सार्वजनिक गरेका हुन् ।

उनले स्थानिय तहकाे भावी याेजना तथा कार्यक्रम र नीति निर्माणकाे कामलाई आधार प्रदान गर्ने उद्देश्यले 
पार्श्व चित्र तयार पारिएकाे बताए । पार्श्व चित्रले वडा नम्वर २५ काे विभिन्न स्थानकाे आवश्यकतामा आधारित विकासका कार्यक्रम तथा रणनैतिक याेजना तर्जुमा गर्नका लागि महत्वपुर्ण भुमिका खेल्ने उनकाे भनाई छ ।

वडाध्यक्ष तिम्सिनाले २०७४ मा आफू निर्वाचित भएपछि आफुले घाेषणा गरेका वडाका अधिकांश याेजनाहरु पूरा भएकाे जानकारी गराए ।

वडासचिव तथा पार्श्व चित्रका सम्पादक ईश्वरीप्रसाद पाेखरेलले वैज्ञानिक याेजना तथा पद्वति निर्माणका लागि भरपर्दाे तथ्यांक अपरिहार्य हुने भएकाले तुलनात्मक अध्ययन, अनुसन्धान, विश्लेषण, विवेचना गर्न र सम्भावनाहरुकाे खाेजी गर्न पार्श्व चित्रकाे अपरिहार्य महत्व रहेकाे बताए ।

उनले पुस्तिकामा वडा नम्वर २५ काे परिचयसहित जनसंख्या विवरण, सामाजिक विकास,पूर्वाधार विकास, आर्थिक विकास, विविध पक्ष र स्थानिय तहका पाँच वर्षमा भएका कार्यहरुकाे प्रगती विवरण समेटिएकाे बताए ।

सचिव पाेखरेलले बाहिर कुरा आएजस्ताे चुनावकाे मुखैमा पार्श्व चित्र सार्वजनिक गर्ने काम आचारसंहिता विपरित नभएकाे कुरा उल्लेख गरे । उनले भने:”हाम्राे चुनावसँग सम्बन्ध केही पनि छैन, तर वडाकाे सम्पुर्ण वस्तुस्थिति समेटिएकाे र पाँच वर्षमा जनप्रतिनिधिले के कति काम गर्नुभयाे स्पष्ट पार्न र बाँकी कामका लागि अब आउने जनप्रतिनिधिलाई काम गर्न सहज हाेस भन्ने उद्देश्यले अहिले सार्वजनिक गरेका हाैं । यसमा कुनै पुर्वाग्रही साेच छैन ।”

वडासदस्य तथा वडा वस्तुस्थिति पुस्तिका प्रकाशन समितिका संयाेजक जीतबहादुर कार्कीले वडामा विगतदेखि वर्तमानसम्म भए गरेका विकास निर्माणका कार्यहरु, वडामा रहेका सामाजिक, सांस्कृतिक, धार्मिक,शैक्षिक लगायतका क्षेत्रहरुकाे वस्तुस्थितिकाे वारेमा वडावासी, राजनैतिक दल, विभिन्न संघ संस्था, समाजसेवी, अनुसन्धानकर्ता, याेजनकार,शिक्षाकर्मी समाजसेवी लगायतलाई जानकारी दिने उद्देश्यले वडा वस्तुस्थिति पुस्तिका तयार पारिएकाे बताए ।

वस्तुस्थिति पुस्तिका प्रकाशन समितिका सदस्य कमलमणी त्रिपाठीले पुस्तिकाले वडाकाे सम्पूर्ण वस्तुस्थिति जानकारी गराउने बताए ।

वडा सदस्य जीतबहादुर कार्कीकाे संयाेजकत्वमा तयार पारिएकाे पार्श्व चित्रका सदस्यमा लक्ष्मी अधिकारी, कृष्णप्रसाद पाैडेल, कमलमणी त्रिपाठी, भिमप्रसाद श्रेष्ठ र ऋषिराम पाैडेल रहेका छन् ।

पार्श्व चित्रकाे अन्तिम सम्पादनकाे कार्य अझै बाँकी रहेकाे हुदा पार्श्व चित्रमा थपघट गर्नुपर्ने केही कुराहरु भएमा पुस्तिका अध्ययन गरि सुझाव दिन वडा कार्यालयले सम्वन्धित सबैमा अनुराेध गरेकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्