बुद्ध जयन्तीको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

  • ख-
  • ख+

पोखरा । युवा बौद्ध संघ नदीपुर पोखराले २५६६ औ बुद्ध जयन्तीको अवसरमा आयोजना गर्ने साप्ताहिक कार्यक्रम अन्तर्गतको एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न गरेको छ ।

उक्त स्वास्थ्य शिविरमा ३ सय २१ जना बिमारीले स्वास्थ्य परिक्षण गराएको शिविरका सह–संयोजक सुमन शाक्यले बताए ।

प्रमुख अतिथि भिक्षुु धज्जवन्तोले मानव सेवामा युवा बौद्ध संघले गरेको कार्यको प्रशंसा गर्नु हुदै यस्ता मानवीय कार्यमा लाग्न सबै संघ संस्थालाई आग्रह समेत गर्नु भयो ।

निःशुल्क स्वास्थ्य शिविरमा बरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर भाइरत्न शाक्य,हाड जार्नो तथा नशा रोग विशेषज्ञ डा.यज्ञमान शाक्य,डा.सुमित यादव, नाक कान घाटी रोग विशेषज्ञ प्रा.डा.कृष्ण कोइराला,डा.संगम अधिकारी,डा.मनिता महर्जन,दन्त रोग विशेषज्ञ डा.विनिता ब्रजाचार्य,पेट छाती रोग विशेषज्ञ डा विशाल मरासिनीले बिरामी जाँच गरेका थिए ।

संघका अध्यक्ष सुदिप प्रधानाङ्गको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्याथोलोजिष्ट अरुण कुमार झा,दिनेश अम्गाइ,सृजन अधिकारी,रविन्द्र लम्साल,रोहित बलकोटी,इश्वर सेवा,सन्तोष सुवेदी,एलिजा कुवँर,शान्ति खत्री,टेकनाथ बानियाँ र संगिता बलकोटीले प्राविधिक सहयोग गरेका थिए । साप्ताहिक कार्यक्रम अन्तर्गत आगामी आइतबार रक्तदान कार्यक्रम गरिने बताउदै सम्पूणलाई उक्त रक्तदानमा सरिक हुन संघका सचिव कमला थापले अनुरोध समेत गरेकी छिन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्