मादी २ मा एमालेको चुनाव प्रचार प्रसार तिव्रता ।

  • ख-
  • ख+

पोखरा ।

आसन्न निर्वाचनलाई लक्षित गरि कास्कीको मादी गाउँपालिका वडा नम्बर २ मा एमालेका उम्मेदवारहरुले मतदातासंग भेटघाट गरेका छन् ।


वडाका पाँचै उम्मेदवारहरु, कार्यकर्ता, युथ फोर्स र शुभेच्छुकहरुको उपस्थितिमा हरेक मतदाताका घरदैलोमा पुगेका हुन् । घर दैलोमा पुग्दा स्थानीयले जितको शुभकामना समेत दिएको युथ फोर्स मादी २ का अध्यक्ष क्षेत्र बहादुर गुरुङलेले बताए ।

शनिवार मादीको सेतीखोला गाउँ, रोहि गाउँमा घरदैलो गरेका थिए । घरदैलोमा मादी २ का वडा अध्यक्षको उम्मेदवार एकजंग गुरुङले निर्वाचित भए मादी २ को विकासको काम द्रुत गतिमा अगाडी बढाउने कुरा स्थानिय मतदातालाई प्रतिवद्दता जनाए । पछिल्लो ५ वर्षमा उल्लेखनीय विकास भएको वडा अध्यक्ष एक जंग दावी गर्छन् । ‘पछिल्लो पाँच वर्षे कार्यकालमा वडामा साना ठूला गरि करिब १ सय ५० वटा योजनाहरु सफलता पुर्वक सम्पन्न गरेको छु ।’ गुरुङले भने, ‘ कुनै योजनाहरु अपुरो भएको छ। त्यसैलाई पुरा गर्न नै मैले उम्मेदवारी दिएको हुँ ।’

दैनिक जसो हुने चुनाव केन्द्रित घरदैलो कार्यक्रममा उल्लेखनीय संख्यामा मतदाता एमाले पक्षमा स्वस्फूर्त रुपमा सहभागी भएका छन् । ८ सूर्यमा सात छाप लगाएर एमालेका सम्पूर्ण उमेद्वारलाई विजयी गराउने वडावासीले बताएका छन् ।

वडा नम्बर २ मा एमालेको तर्फबाट अध्यक्ष एक जंग सहित खुल्ला सदस्यमा दिल बहादुर गुरुङ, कुमन सिङ गुरुङ, महिला सदस्यमा पूर्ण सुबा गुरुङ र दलित महिला सदस्यमा हिमा बिकले उम्मेदवारी दिएका छन् । गाउँपालिका प्रमुखमा नेकपा (एमाले)बाट शिवबहादुर गुरुङ (महेन्द्र) संगै उपप्रमुखमा कल्पना गुरुङले उम्मेद्वारी दिएका छन् । आइतवार मादी २ नेकपा एमालेले चुनावी सभा गर्दैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्