“पाेखरा २३ का स्थानिय भन्छन् काँग्रेशले विकास गरेन,अब भाेट एमालेलाई”,वडालाई साथ दिने मेयरका उम्मेद्वार कृष्ण थापाकाे प्रतिवद्वता

  • ख-
  • ख+

पाेखरा । पाेखरा २३ का वडावासीहरु वैशाख ३० काे प्रतिक्षामा छन् । नेपाली काँग्रेशका जनप्रतिनिधिले पाँच वर्षसम्म वडा नम्वर २३ वासीकाे लागि विकास निर्माणका काम नगरेकाेले वडाबासी असन्तुष्टि भएकाे र वैशाख ३० मा एमाले उम्मेदवारलाई सूर्य चिन्हमा भाेट दिएर जिताउन आतुर भएका हुन् ।

वडावासीले अहिलेसम्म काँग्रेशलाई भाेट दिएर गल्ती भएकाेमा आत्मालेाचना गरेका छन् र अब गल्ती नदाेर्याउने वचन दिएका छन् ।

पाेखरा महानगरपालिकाका एमालेका मेयर र उपमेयर सहितकाे घरदैलाे र काेणसभामा २३ नम्वरका वडावासीले सूर्य चिन्हमा मत दिएर एमाले उम्मेद्वार जिताउने वचन दिएका हुन् ।

भुगाेलकाे हिसावकाे ठुलाे रहेकाे पाेखरा महानगरकाे वडा नम्वर २३ मा अहिलेसम्म कुनै पनि सडक पिच छैन भन्दा फरक पर्दैन । केही दुरी पिच बनाएकाे बाटाे पनि सबै भत्किएर कच्चि जस्तै भएकाे छ ।

आसन्न वैशाख ३० गते हुने स्थानिय चुनाव केन्द्रित काेण सभामा महानगरका मेयर पदका एमाले उम्मेद्वार कृष्णबहादुर थापाले वडा २३ काे  मुख्य सडक पिच गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् । उनले हर्पन खाेला, खहरे खाेलाले मानव वस्ती तथा खेतियाेग्य जमिनका गरेकाे क्षति तथा फेवाताल पुर्ने समस्यालाई न्युनीकरण गर्न तटबन्धकाे व्यवस्था गर्ने, विग्रिएकाे सिल्टेशन ड्यामकाे मर्मत सम्भार गरेर ताल संरक्षण गर्ने, हल्लनचाेकबाट घाँटिछिना जाने बाटाेका साखा बाटाेहरुकाे स्तराेन्नती गर्ने प्रतिवद्वता जनाएका छन् ।

तिनवटा मतदान स्थल रहेकाे वडा नम्वर २३ मा  भाैगाेलिक हिसावले ठुलाे भय पनि महागरबाट पाउने सेवा सुविधा कम पायकाे वडाकाे आवश्यकता अनुसार माग सम्वाेधन गर्ने उपमेयर पदका उम्मेद्वार मञ्जुदेवी गुरुङले स्पष्ट पारिन् ।

काँग्रेश जनप्रतिनिधि भएकाे उक्त वडामा प्राय विकासका काम खासै हुन नसकेकाेले अब श्राेत साधन जुटायर महानगरकाे सहयाेग लिएर विकास गर्ने, बाटाे निर्माण, सिँचाईकाे व्यवस्था लगायतका काममा प्राथमिकता दिने वडाध्यक्ष पदका एमाले उम्मेद्वार शिवलाल पराजुलीले प्रतिवद्वता जनाए ।

उनले पर्यटन प्रवर्द्वनकाे लागि  सिद्वबराह मन्दिरमा एक सय आठ फिटकाे अग्लाे हनुमानकाे मुर्ति बनाउने उद्घाेष गरे ।

नेकपा एमाले वडा कमिटीका अध्यक्ष चेतनाथ भण्डारीले घरदैलाेका क्रममा वस्ती र  जनसंख्याकाे हिसावले विकासका काम नभएकाे हुनाले असन्तुष्ट वडावासीले याे पटक सूर्य चिन्हमा नै मतदान गर्ने प्रतिकृया दिएकाे बताए ।

स्थानियहरु स्वस्फुर्त रुपमा भाैतिक र सामाजिक रुपले घरदैलाेमा सहभागि भएकाे उनकाे भनाई छ ।

वडा नम्वर २३ मा एमालेकाे तर्फबाट अध्यक्षका उम्मेदवार शिवलाल पराजुली, सदस्यहरु चेतबहादुर क्षेत्री,  शान्ति पराजुली , रिता सुनार  र फबेन्द्र कुमार गुरुङ छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्