पोखरा निर्माणका लागि लगानीका अवसरहरु सिर्जना गरिने : आचार्य

  • ख-
  • ख+

पोखरा ।

पाँच दलिय गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उमेदवार धनराज आचार्यले पोखरा निर्माणका लागि लगानीका अवसरहरु सिर्जना गरिने बताएका छन् । पोखरा २६ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पोखराको विकासका लागि अल्पकालिकान, मध्यकालिन र दीर्घकालिन योजनाहरु निर्माण गरि लगानीका अवसरहरु सिर्जना गरिने उमेदवार आचार्यले बताए ।

पोखरा महानगरपालिकाको सेवालाई भ्रष्टाचारमुक्त र शुसासनयुक्त बनाउने बताएका आचार्यले स्वार्थ भन्दा माथी उठेर काम गर्ने प्रतिवद्धता पनि जाहेर गरे । सार्वजनिक सरोकारका विषयहरुमा खुल्ला रुपमा छलफल गरि निर्णय गरिने बताउदै उनले पोखरा महानगरपालिकाका निर्णयहरु सर्वसम्मत बनाउने पनि बताए ।

पोखरा २६ मा आवश्यक पुर्वाधारहरु निर्माण गरिने उनले बताए । पोखरा महानगरपालिकामा लेखनाथको क्षेत्र गाभिएपछि विकास प्रभावित भएको उल्लेख गदै उनले अब पोखरा र लेखनाथको भुगोल मात्र होईन मनलाई समेत जोड्नु आवश्यक रहेको बताए । आफुलाई लेखनाथ क्षेत्रका नेता हुँ भन्नेहरुको स्वार्थका कारण यसक्षेत्रको विकासमा प्रत्यक्ष असर परेको उमेदवार आचार्यले बताए ।

यस्तै उपमेयर पदकी उमेदवार कोपिला रानाभाटले महिलाहरुको क्षमता अभिवृद्धि र सीप विकास गर्ने कार्यक्रम ल्याउने बताईन् । क्षमता अभिवृद्धि तथा सीप विकासका लागि एक समुहलाई कम्तिमा १० लाख बिना धितो बिना ब्याज श्रण उपलब्ध गराउने प्रतिवद्धता पनि जनाईन ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिपक कोइरालाले गठबन्धन आजको आवश्यकता रहेको बताए । लेखनाथ क्षेत्रको विकास लागि पन गठबन्धनको नेतृत्वको टिमलाई जिताउनु पर्ने उनको धारणा थियो । समग्र लेखनाथको विकासको लागि एमालेहरुले समेत उपमेयर कोपिला रानाभाटलाई मत दिएर सहयोग गर्नुपर्ने उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्