‘पाँच दलीय गठबन्धन देशको कलंक हो ’ – एमाले अध्य्यक्ष ओली

  • ख-
  • ख+

पोखरा/नेकपा (एमाले) पोखरा महानगरपालिकाले आयोजना गरेको आम सभामा सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपि शर्मा ओलीले एमालेले जितेमात्र देश बिकासको गति अगाडी बढ्ने बताए । गठबन्धनसँग आक्रमक हुँदै ओलीले कार्यक्रममा पाँच दलीय गठबन्धनलाई देशको कलंक भएको आरोप पनि लगाए ।

सम्बोधनका क्रममा बुद्धिजिविहरुसँग आक्रोश व्यक्त गर्दै भने,‘मेरो बिचारलाई बुझ्ने बुद्धिजिवि नै छैनन् । मैले राखेको राष्ट्रनिर्माणको बिचारलाई उखान टुक्का भन्छन् । काँग्रेसले नेता कार्यकताले त मेरो बिचार बुझ्ने हैसियत नै राख्दैनन ठिकै छ तर बुद्धिजिविहरुले त बुझ्न पर्यो नि ? त्यसैले मैले उनीहरुलाई सो कोल्ड बुद्धिजिवि भन्ने गरेको छु । ’

गठबन्धनले निर्वाचनमा धाधली गराउनका लागि कसरत गरिरहेको आरोप लगाउँदै ओलीले शान्तीपुर्ण निर्वाचन गराउनका लागि निर्वाचन आयोग र प्रहरी प्रशासनसँग आग्रह गरे ।

कार्यक्रममा गठबन्धनप्रति आक्रामक बन्दै ओलीले गठबन्धनको महानगर सभालाई बडा सम्मेलनसम्म तुलना गर्न पनि भ्याए ।

उनले कार्यकर्तालाई उत्साहित पार्दै चुनावमा बिजयी गरिसकेको घोषणा गर्दै चुनावको दिनसम्म एमालेका उम्मेदवारलाई जिताउन प्रचारप्रसारमा लाग्न आग्रह गरे । उनले गठबन्धनले चुनाव जित्न धाँधली गर्ने भन्दै चनाखो बन्न सकेत कार्यकतालाई आग्रह गरे ।

नेकपा (एमाले)का अध्यक्ष केपि शर्मा ओली आँफुलाई पोखरा बासिन्दा भएको बताउँदै पोखरामा बिताएको आफ्नो तीन बर्षे जेल अनुभबको बेलिबिस्तार लगाए ।

जेलमा बस्दा पोखरेलीहरुले माया गरेको बताउँदै उनले पोखरेलीहरुप्रति आभार व्यक्त गरे । तीन बर्षदेखि आमा गुमाएका ओलीले पोखरालाई आमासँग तुलना गर्दै पोखरेलीको मन जित्ने प्रयास गर्न खोजे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्