निर्वाचित भए ५ वर्ष गाउँको गोठालो बन्न तयार छु – एक जंग गुरुङ ।

  • ख-
  • ख+


पोखरा ।

नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्षका उम्मेद्वार एक जंग गुरुङले निर्वाचित भए ५ वर्षको लागि गाउँको गोठालो बन्न तयार रहेको कुरा बताएका छन् । गुरुङले आइतवार ताङतिङमा आयोजित चुनावी सभामा बोल्दै उक्त कुरा व्यक्त गरेका हुन् । उनले विगत ५ वर्ष जनप्रतिनिधि भएर थुप्रै काम गरेको दावी समेत गरेका थिए । झोला बोकेर जनताको घरदैलोमा पुगेर सेवा गरेको र फेरि पनि चुनाव जितेमा जनताको गोठालो बनेर सेवा गर्ने वाचा समेत गरेका थिए ।

उनले जनप्रतिनिधि भएर अहिलेसम्म इमान्दार भएर काम गरेको समेत बताए । ‘गएको ५ वर्षमा जनतासंग धेरै सुखदुख साटेको छु । जनताको दैलो दैलोमा पुगेर सेवा गरेको छु । तर अहिलेसम्म १ पैसा लिएको छैन । ‘ उनले भने, ‘यहि इमान्दारितालाई आत्मासात गर्दै जनताको सेवा गर्नेछु। ‘

गुरुङले पछिल्लो ५ वर्ष यता गरेका असल काम हेरेर नै जनताले उनलाई जिताउने कुरा समेत व्यक्त गरे । गुरुङ २०५४ सालको स्थानिय तहको निर्वाचनमा नामार्जुंग गाविसको वडा नम्बर ४ का वडा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि देश संघीय गणतन्त्रमा गएपछि भाको २०७४ सालको स्थानिय तहको निर्वाचनमा मादी गाउँपालिका वडा नम्बर २ का तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यसै गरि अध्यक्षका उम्मेद्वार महेन्द्रले विकास निर्माण र युवाको भविष्य सुनिश्चित गर्ने काम अरु पार्टीले गर्न नसक्ने बताए । ‘यहाँका युवाको भविष्य बन्ने भनेको एमालेबाटै हो । हामीले युवाको भविष्य कसरी बनाउन सकिन्छ भन्ने जानेका छौँ,’ उनले भने, ‘अरु पार्टीले कसलाई कुन मुद्दा हालेर कसरी सिध्याउने भन्ने जानेको छ ।’

पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनेको क्रपू डाँडाको प्रवद्र्धन गर्ने र ट्रेकिङ रुट स्तरोन्नति गर्ने महेन्द्रको भनाइ थियो । ताङतिङमा अघिल्लो निर्वाचन जसरी नै एमालेलाई अत्यधिक मत आउने अपेक्षा रहेको महेन्द्रले सुनाए । पालिका हाँकेका अग्रजको सल्लाह लिएर र जनतासँग सल्लाह लिएर काम गर्ने महेन्द्रले प्रतिबद्धता जनाए ।

उपाध्यक्ष उम्मेद्वार कल्पनाले ताङतिङ पर्यटकीय गाउँ भएकाले गाउँका सम्भावना उजागर गर्ने योजना आफूहरुले ल्याउने बताइन् । ‘यहाँको युवा र महिलालाई व्यवसायमा जोड्न चाहन्छौँ । दलित, पिछडिएका वर्ग, फरक क्षमता भएकालाई पनि विशेष सम्बोधन गर्ने छौँ । भारी मतले जिताउनुस्, सधा सुःख–दुःखमा खटिने छौँ,’ उनले भनिन् ।

आफ्नो क्षमताले भ्याएसम्म मादीका महिलालाई सशक्तिकरण गर्ने उनले प्रतिबद्धता जनाइन् । पछिल्लो एक कार्यकाल गाउँ कार्यपालिका सदस्यको अनुभव बोकेकी कल्पनाले अहिले बाँकी रहेका कामलाई पूर्णता दिने बताइन् । ‘शून्यबाट काम सुरु ग¥यौँ । त्यसैले धेरै काम देखाउन पाएनौँ । शून्यबाट सुरु भएकाले पूर्वाधारसहित जग हाल्नुप¥यो,’ उनले भनिन्, ‘अघिल्लो कार्यकालले इमानदार भएर काम गर्नुभयो । उहाँहरुले पूर्णता दिन नपाएको काम हामी गर्छौं ।’

चुनावी सभामा नेकपा एमालेबाट मादी गाउँपालिकाका उम्मेद्वारहरु, नेता, कार्यकर्ता, गुरुङ चलचित्रकर्मी र सयौं स्थानियवासी उपस्थित भएका थिए । गुरुङ चलचित्रकर्मीले उम्मेद्वारहरुलाई फुलमाला लगाएर शुभकामना दिएका थिए । नेकपा एमालेले आइतवार मादी २ का गाउँहरु ताङतिङ, सेतीखोला, रोही गाउँ, घ्याम्रांग गाउँमा घरदैलो तथा चुनावी सभा आयोजना गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्