पोखरा २५ सुशासनमैत्री नभएकाे गुनासाे,सुशासनमैत्री बनाउने वडाध्यक्षका उम्मेदवार तिर्थ थापाको प्रतिवद्वता

  • ख-
  • ख+

पोखरा ।पोखरा २५ का वडाध्यक्ष पदका नेकपा एमालेका उम्मेदवार तिर्थबहादुर थापाले वडालाई सुशासन र प्रविधिमैत्री वडा बनाउने प्रतिवद्वता जनाएका छन् ।

स्थानिय तहको निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा वडा सुशासनमैत्री भएन भन्ने मतदाताको व्यापक गुनासो आएकोले आफ्नो पहिलो प्राथमिकता  वडा नम्वर २५ लाई  सुशासन र प्रविधिमैत्री वडा बनाउने घाेषणा गरे।
। जसको सुरुवात वडा कार्यालयबाट नै उनको भनाई छ ।

थापाले कृषिको पकट क्षेत्र मानिने वडा नम्वर २५ मा आधुनिक प्रविधिमैत्री कृषि प्रणालीमा जोड दिदै कृषकका उत्पादनलाई वजारीकरण गर्ने जिम्मा वडाले लिई विचौलियाको अन्त्य गर्ने बताए ।

महिला, बालबालिका, युवा, जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्ति लक्षित विशेष कार्यक्रमहरु,आधुनिक प्रविधिमैत्री शिक्षा, रोजगारी,स्वास्थ्यलाई विशेष ध्यान दिदै खानेपानीको व्यवस्था,पर्यटन प्रवर्द्वनको लागि होमस्टे, सेती  नदि र याम्दि खोला आसपास तटबन्धको व्यवस्था, जनताको घरदैलोसम्म पुग्ने  बाटो, चाैरासी नहरको व्यवस्थापन, वडाका विभिन्न स्थानमा फ्रि वाईफाई जोन बनाउन जाेड दिईने उनकाे भनाई छ ।

पत्रकारसँगकाे कुराकानीमा वडावासी मतदातासँग आफुले कुराले भन्दा काम गरेर देखाउने प्रतिवद्वता जनाएका थापाले वडाध्यक्षमा आफू निर्वाचित भईसकेपछि पाउने सेवा सुविधा सबै  जनताको हकहित र सामाजिक विकासमा खर्चिने अठोट व्यक्त गरे ।

उनले वडाभित्रका सार्वजनिक जग्गा तथा मन्दिर, चैत्य, गुम्वाको संरक्षणको संरक्षण र सम्वर्द्वन गरिने बताए ।

अनेरास्ववियुको सदस्यबाट राजनीतिक यात्रा शुरु गरेका थापाले वडामा  अघिल्ला जनप्रतिनिधिले घोषणा गरेका मध्ये ७० प्रतिशत बढि काम पूरा भएको जनाए । उनले थपे-“अघिल्ला जनप्रतिनिधिले घोषणा गरेका विकासका योजना सबै सम्पन्न हुने थियो तर कोभिडको कारणले विकासमा आएको पैसा दैवी प्रकोपसँग खर्चिनु पर्यो,त्यहि भएर सत प्रतिशत काम पूरा भएनन् । यता प्रदेश, संघ,महानगरको सहयोगमा भएका कतिपय कामहरु निरन्तर भई नै रहेका छन् र बाँकी काम पूरा गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ, हामी पूरा गर्छौ । “

उम्मेदवार थापाले आफुहरुले घोषणा पत्रमा समेटिएका मात्र हैन, घरदैलोका क्रममा मतदाताले राखेका कुराहरु पनि सुझावको रुपमा ग्रहण गर्दै पूरा गर्ने उद्घोष गरे ।

उनले अब मतदाता सचेत भएर गठबन्धनको लोभ लालचमा नबहकिकन सुर्य चिन्हमा मत दिई एमालेका सम्पुर्ण उम्मेदवारलाई विजयी गराउन अपिल गरे ।

निर्वाचन परिचालन कमिटीका संयाेजक तथा वडा कमिटी अध्यक्ष ऋषिराम पाैडेलले पाेखराकाे वडा नम्वर २५ एमालेमय भएकाे बताए । घरदैलाेका क्रममा एमालेप्रति मतदाताकाे उत्साह र सकरात्मक साेचले गर्दा पाेखरा २५ मा एमाले उम्मेदवार तिर्थबहादुर थापा नै  वडाध्यक्षमा निर्वाचित हुने दावी गरे । २०७४ सालमा करिव ७ सय मतान्तरले एमाले उम्मेद्वार निर्वाचित भएकाे वडामा अहिले पनि त्यहि अनुपातकाे मतान्तरले तिर्थ थापा निर्वाचित हुने उनले ठाेकुवा गरे ।

एमालेकाे तर्फबाट तिर्थबहादुर थापा अध्यक्षकाे उम्मेदवार रहेकाे वडा नं २५ मा सदस्य पदका उम्मेद्वार सुवास भण्डारी, कृष्णबहादुर कुवँर, महिला सदस्य धना तिमिल्सिना र दलित महिला सदस्य तारा विश्वकर्मा उम्मेद्वार रहेका छन् ।

स्थानिय तहको निर्वाचन यही ३० गते शुक्रबार हुँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्