मतदाताकाे स्वस्फुर्त र उत्साहजनक सहभागितासहित सकियाे पाेखरा २३ मा एमालेकाे घरदैलाे

  • ख-
  • ख+

पोखरा । पोखरा २३ मा एमाले उम्मेदवारहरुकाे घरदैलाे कार्यक्रम सकिएकाे छ ।

एमाले उम्मेदवार, नेता, कार्यकर्तासँगै मतदाताकाे स्वस्फुर्त,सकृय र उत्साहजनक सहभागितामा घरदैलाे कार्यक्रम सकिएकाे नेकपा एमाले वडा कमिटीका अध्यक्ष चेतनाथ भण्डारीले  जानकारी दिए ।

घरदैलाेका क्रममा नेपाली कांग्रेसका जनप्रतिनिधिले ५ वर्षसम्म वडा नं २३ वासीको लागि विकास निर्माणका काम नगरेकोले असन्तुष्ट वडावासीले  शुक्रवार हुने स्थानिय निर्वाचनमा एमाले उमेद्वारलाई सूर्य चिन्हमा भोट दिएर जिताउन आतुर भएकाे मतदाताकाे प्रतिकृया रहेकाे भण्डारीले बताए ।

३ वटा मतदानस्थल रहेको वडा नं २३ मा  भौगोलिक हिसाबले ठूलो भए पनि महागरपालिकाबाट पाउने सेवा सुविधा कम पाएको वडामा अब स्रोत साधन जुटाएर महानगरको सहयोग लिएर विकास गर्ने, बाटो निर्माण, सिँचाईको व्यवस्था लगायतका काममा प्राथमिकता दिने वडाध्यक्ष पदका एमाले उमेद्वार शिवलाल पराजुलीले प्रतिवद्वता जनाए ।

पराजुलीले वडाको मुख्य सडक वैदाम पामे पञ्चासे पिच कार्य यथासक्य छिटो सम्पन्न गर्ने, मार्दीदेखि घाँटीछिनासम्म सडक कालाेपत्रे गर्ने,  वडाभित्रका शाखा बाटाेहरु ढलान तथा पिच गरि बाह्रैमहिना सवारी चल्ने बनाउने, हाडिखाेला, बाम्दी र टाेड्केखाेलामा माेटरेवल पुल निर्माण गर्ने , जल, जंगल, जमिन र जडिबुटिकाे संरक्षण गर्ने, कृषिकाे आधुनिकिकरण गरी उत्पादमुलक कृषि प्रणालीलाई जाेड दिने,वडाका अल्पकालिन र दीर्घकालीन गुरुयोजना सम्पन्न गर्ने लगायतका विकासका योजना प्राथामिकतामा राखेका छन् ।

उनले पर्यटन प्रवद्वनको लागि  सिद्वबराह मन्दिरमा १ सय ८ फिटको अग्लो हनुमानको मुर्ति बनाउने उद्घोष गरे । पर्यटकीय र धार्मिक महत्वसँग जाेडिएकाे पञ्चासे क्षेत्रसँग जाेडिएकाे यस वडामा धार्मिक तथा पर्यटकिय विकासलाई पनि पराजुलीले महत्व दिएका छन् ।

आगामी शुक्रवार हुने स्थानिय तह निर्वाचनकाे लागि एमालेकाे तर्फबाट पोखरा महानगरको मेयर पदका उम्मेदवार कृष्ण थापा, उपमेयरमा मञ्जुदेवी गुरुङ सहित वडा नम्वर २३ मा वडाध्यक्षकाे उम्मेद्वार शिवलाल पराजुली सदस्यहरु चेतबहादुर क्षेत्री,  शान्ति पराजुली , रिता सुनार  र फबेन्द्र कुमार गुरुङ चुनावी मैदानमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्