साढे एक घण्टा पैदल हिडेर क्रियापुत्री दाजुभाईले गरे मतदान

  • ख-
  • ख+

तारा पाैडेल/धिताल,कास्की ।
कास्की जिल्लाकाे माछापुच्छ्रे गाउँपालिका वडा नम्वर ६ धितालमा साढे एक घण्टा पैदल हिडेर तीन जना क्रियापुत्री दाजुभाईले मतदान गरेका छन् ।

आफ्नाे बुवा ७४ वर्षीय कर्णबहादुर क्षेत्रीकाे मृत्युकाे छैठाैं दिनमा परेकाे चुनावमा छाेराहरु जितबहादुर क्षेत्री (४० वर्ष) देवबहादुर क्षेत्री (३८ वर्ष) र हाेमबहादुर क्षेत्री(३४ वर्ष)ले मतदान गरेका हुन् ।

उनीहरुले माछापुच्छ्रे गाउँपालिका वडा नम्वर ६ साविककाे धिताल गा वि सकाे एउटा मात्र मतदान स्थल भुमेश्वर मावि धितालमा `क´मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

शाेककाे घडिमा पनि डेढ घण्टा हिडेर भाेट दिन आउदा दु:ख भएन भन्ने प्रश्नमा जेठा छाेरा जितबहादुर क्षेत्रीले पाँच वर्षमा असल नेतृत्व आओेस भनेर शाेकलाई शक्तिमा बदलेर भाेट हाल्न आएकाे बताए । उनले आफ्नाे एक भाेटकाे पनि निकै महत्व हुने बताए । क्षेत्रीले भने-” एक भाेटले गर्दा असल जनप्रतिधी नआउन सक्छन्, आफ्नाे जनप्रतिनिधी आफैले छान्न पाउँनुपर्छ भनेर मतदान गर्न आएका हाैं ।” उनले थपे-“सबैले सहानुभुति, सदासयता जनाउनुभयाे, सजिलै भाेट हाल्याै, हामी खुसी छाैं । आशा छ हामीहरूकाे भाेटले असल नेतृत्व चयनमा सहयाेग गर्नेछ ।” 

खाेराकाेमुख घर भएका उनीहरु मतदान केन्द्रसम्म आइपुग्न साढे १ पैदल घण्टा पैदल हिड्नुपरेकाे उनीहरुले जानकारी दिए ।

भुमेश्वर माविमा तीन वटा मतदान केन्द्र रहेकाे मतदान केन्द्र `क´का मतदान अधिकृत मनिश अमात्यले जानकारी गराए । उनका अनुसार `क´ मतदान केन्द्रमा ९ सय ५२ `ख´मतदान केन्द्र ९ सय ५२ र ´ग`मतदान केन्द्रमा ९ सय ६९ गरि जम्मा २ हजार ८ सय ७३ मतदाता रहेका छन् ।

उक्त मतदान स्थलमा `क´ मतदान केन्द्रबाट ८० वर्षीय जीवनाथ गाैतमले पहिलाे मतदान गरि मतदानकाे सुुुरुवात गरेका थिए । त्यसलगत्तै क्रियापुत्री दाजुभाईले मतदान गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्