कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ विजयी

  • ख-
  • ख+

पाेखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित भएका छन् । आइतबार सम्पन्न मतपरिणाम अनुसार गुरुङ नेकपा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले पारिजत गर्दै निर्वाचित भएका हुन् ।

कांग्रेसका मिनबहादुरले ५ हजार ९ सय ८१ मत प्राप्त गरे भने विक्रमले ५ हजार ५ सय १५ प्राप्त गरे । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकै सिता अधिकारी निर्वाचित भएकी छन् । उनले एमालेकी सीता तिवारीलाई ४ सय २५ मतान्तरले पराजीत गरिन् । अधिकारीले ५ हजार २ सय ७५ मत प्राप्त गर्दा तिवारीले ४ हजार ८ सय ९७ मत प्राप्त गरिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्