घारीपाटन सहकारीद्वारा सेयर सदस्यहरुलाई सहकारी शिक्षा सम्वन्धी तालिम प्रदान

  • ख-
  • ख+

बालकुमारी पौडेल/पाेखरा । पाेखरा १७ घारीपाटनमा रहेकाे घारीपाटन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका लागि एक दिने सहकारी शिक्षा सम्बन्धी तालिम प्रदान गरेको छ ।

शनिबार भएकाे तालिममा प्रशिक्षकद्धय पाेखरा महानगर सहकारी संघका अध्यक्ष वलराम गाैतम र नेफ्स्कुनका केन्द्रीय सदस्य कमला गिरीले सकरात्मक विचार, सहकारीमा अवसर र चुनाैती, सहकारीमा सञ्चालक समिति तथा कर्मचारीकाे भुमिका साथै सदस्यहरुले जान्नुपर्ने सहकारीका नियम लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

२०७५ सालमा स्थापना भएको सहकारीमा हाल ४ सय २२ शेयर सदस्य रहेको र सहकारीको पुँजी १ करोड ६३  लाख रुपैयाँ रहेको सहकारीका अध्यक्ष कृष्णकला केसी जानकारी दिईन ।

प्रशिक्षण अघि उद्घाटन समाराेहमा बाेल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी गण्डकी प्रदेश समन्वय समितिका सदस्य तेजनारायण अधिकारीले सहकारीमा सेयर सदस्य महत्वपुर्ण हुने बताउँदै सहकारीलाई गम्भीर भएर साेच्न सुझाव दिए ।  एक सहकारी एक उत्पादनमा जाेड दिनुपर्नेमा अधिकारीकाे जाेड छ । उनले इमान्दारिपुर्वक व्यवसाय गर्ने ठाउँ सहकारी भएकाे बताउँदै सहकारीले प्रत्यक्ष रुपमा राेजगारी प्रदान गरि आर्थिक, सामाजिक उत्तरदायित्व लगायतका कार्यले  राष्ट्रलाई नै अमुल्य याेगदान दिएकाे उल्लेख गरे ।

संस्थाकाे सञ्चालक सदस्य प्यारी गुरुङले स्वागत गरेकाे कार्यक्रममा शिक्षा समिति सदस्य राजन जाेशीले सहकारीका सात सिद्वान्तकाे बारेमा प्रष्ट पारेका थिए भने कार्यक्रम सञ्चालन सचिव लिलबहादुर जि.सी ले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्