अंशवण्डा र नामसारी शुल्क सम्वन्धी विषयमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

  • ख-
  • ख+

पाेखरा । अंशवण्डा र नामसारी शुल्क सम्वन्धी विषयलाई लिएर पाेखराकाे एक समूहले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेख्रेललाई ध्यानाकर्षण पत्र बुझाएकाे छ ।

पाेखरामा रहेका विभिन्न राजनीतिक दल, विभिन्न पेसा व्यवसाय गर्ने व्यक्तिहरु, सामाजिक अभियान्ता तथा संघ संस्थामा आवद्व ३६ जनाकाे हस्ताक्षर सहित  पाेखरा ६ निवासी गिरिराज अधिकारीकाे नेतृत्वकाे एक समूहले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेख्रेललाई साेमवार ध्यानाकर्षण पत्र बुझाएकाे हाे ।

ध्यानाकर्षण पत्रमा प्रदेश सरकारले अंशवण्डा र नामसारीमा नगरपालिका र गाउँपालिकाे घर जग्गा मुल्यांकनमा मालमाेल कार्यालयबाट मुल्यांकनकाे आधारमा प्रतिशतका दरले राजस्व बुझाउनुपर्ने भएकाले अत्यावश्यक भएका परिवार बाहेक अधिकांश परिवारहरुले अंशवण्डा तथा नामसारी नगरी वसाेवास गर्दै आएकाे उल्लेख छ  ।

तसर्थ अंशवण्डा र नामसारी शुल्कलाई पाँच कराेडसम्मकाे मुल्यांकनलाई न्युनतम ५ हजार रुपैयाँ र पाँच कराेडभन्दा माथिकाे मुल्यांकनलाई १० हजार रुपैयाँ राख्दा अंशबण्डा र नामसारी गर्ने सर्वसाधारणकाे संख्या बढ्ने, जसबाट राजश्व संकलन पनि हुने र सर्वसाधारणलाई राहात मिल्ने विश्वाससहित अंशवण्डा र नामसारी शुल्क प्रतिशतमा हटाई निश्चित शुल्क निर्धारण गरि  निर्णय गर्न पत्रमा अनुराेध गरिएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्