बागमतीलाई २–० गोलले हराउँदै खुमलटार अन्तिम चारमा

  • ख-
  • ख+

पोखरा । बागमती युथ क्लबलाई २–० गोलले हराउँदै खुमलटार युथ क्लब पोखरामा जारी छैटौं नेपाल आइस अन्तराष्ट्रिय हेमजा गोल्डकप फुटवल प्रतियाेगिताकाे अन्तिम चारमा प्रवेश गरेको छ ।

पोखरा २५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा सोमबार भएको खेलमा बागमती माथि सानदार जित निकालेको हो । खेलको दोस्रो मिनेटमा नै खुमलटारले अग्रता लियो । खुमलटारले पाएको फ्रिकिकको सदुपयोग गरेको हो । उक्त फ्रिकिकबाट आएको बललाई नियन्त्रणमा लिदैँ आसिष श्रेष्ठले उत्कृष्ट गोल गरे ।

सुरुवातमै गोल खान पुगेको बागमतीले खेलमा फर्किने प्रयास गरेपनि सफल भने रहेन । खुमलटारले २८ औ मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर बनायो । प्रसान्त अवस्तीले दिएको पासमा आसिषले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमै २–० गोलले पछि परेको बागमतीले दोस्रो हाफमा निकै आक्रमक खेल खेलेपनि नतिजा निकाल्न भने सकेन । बल पोजिसनमा आफ्नो बर्चस्व देखाएको बागमतीले पाएको अवसरहरुलाई जालीको दिशा दिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । खेलको १० औं मिनेटमा नै बागमतीले बराबरीको अवसर खेर फाल्यो । सुमन चाम्लिङको उत्कृष्ट पासमा अमित थापा मगर बलसम्म पुग्नै सकेनन् । अमितले डिएरिभित्र खाली ठाउँमा पास मिलाइदिएका थिए । ५५ औं मिनेटमा अमितको हेडर प्रहारमा खुमलटारका गोलरक्षक एन्जल श्रेष्ठ बाधक बने ।

बागमती राम्रो टिम हो ःप्रशिक्षक विष्णु गुरुङ खुमलटार
खुमलटारका प्रशिक्षक विष्णु गुरुङले विपक्षी टोलीको प्रशंसा गर्दै टिम निकै राम्रो भएको प्रतिक्रिया दिए । उनले आफुहरुले पाएको अवसरको सदुपयोग गर्दा जित हासिल गरेको सुनाए । ‘बाममती नराम्रो टिम होइन् । हामीले सुरुवातमै नतिजा निकाल्दा डिफेन्सलाई ध्यान दियौँ । उ अर्गनाइज टिम हो । पहिलो हाफमा नै हामीले २ गोलको स्कोर निकालेपछि काउन्टरको खोजिमा रह्यौँ’ उनले भने,‘हामी हाम्रो योजना अनुसार नै खेल्यौ दोस्रो हाफमा हामीलाई दबाब धेरै भयो । अब सेमिफाइनल खेलमा हामीत्यसलाई सुधार गरेर लैजान्छौँ ।’ खुमलटारका आसिष सोनाम खेलको म्यान अफ दि म्याच घोषित भए ।

खुमलटारले फाइन प्रवेशका लागि आयोजक हेम्जा युनाइटेड संग खेल्दै छ । प्रशिक्षक गुरुङले आफुहरुको टिममा केहि नयाँ खेलाडी समेत आउने जानकारी दिए ।

जति राम्रो खेलेपनि जितका लागि नतिजा चाहिन्छ ः रोजित केसी प्रशिक्षक बागमती

बागमती प्रदेशका प्रशिक्षक रोजित केसीले जितका लागि नतिजा नै महत्वपूर्ण रहेको प्रतिक्रिया दिए । उनले आफुहरुको ५ जना नियमित खेलाडीको अभाव टिममा खडकिएको बताए । खेल प्रदर्सनबाट आफु निकै सन्तुष्टि रहेको बताए । उनले मोफसलले गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगिताले खेलाडीहरुलाई राहत मिलदै आएको समेत बताए ।

हेमजाढको आयोेजनामा पहिलो पटक भएको गोल्डकपमा सहभागिता जनाउन पाउँदा निकै खुसी लागेको उनले सुनाए । मोफसले ठुलो लगानीको फुटबल प्रतियोगिता गर्दै आइरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहयोग नगरेको गुनासो समेत पोखेँ ।

‘हामीले पनि मोफसलमा प्रतियोगिता गर्दै आइरहेका छौँ । तर, एन्फाले कहिल्यै पनि सहयोग गरेन् । यो एक ठाउँको मात्रै होइन् देशभरको मोफसलको समस्या हो’ उनले भने। ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्