‘सातौं इक्यान शैक्षिक मेला’को तयारी तिव्र

  • ख-
  • ख+

पोखरा ।
आगामी साता पोखरामा हुने ‘सातौं इक्यान शैक्षिक मेला’ को तयारी तिव्र पारिएको छ ।

शैक्षिक मेलाका संयोजक युवराज पौडेलले मेलाकोे लागि एक साता मात्र बाँकी भएकोले तयारीलाई तिव्र बनाईएको जानकारी दिए । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा हुने शैक्षिक मेला आगामी २४ र २५ गते पोखरा सभागृहमा हुदैछ । शैक्षिक मेलाको लागि स्पोन्सर, प्रोमोटर, सर्पोटर, स्टल बुकिङ लगायतका विषयको छलफल अन्तिम चरणमा पुगेको पौडेलले बताए ।

‘नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना र अवसरहरुको परामर्श लिन इक्यान शैक्षिक मेला उपयुक्त माध्यम हो ।’ उनले भने ‘विदेशमा पढाई हुने कोर्ष, कलेज फि, होस्टेल फि, लागत लगायत विभिन्न देशको भिसा नीतिको बारेमा हामी मेलामा जानकारी गराउँछौ । सबै कन्सल्टेन्सीले सबै देशका कलेजहरुको बारेमा जानकारी गराउँदैनन् । तसर्थ पाँचरसात दिन लगाएर कन्सल्टेन्सी धाउनुभन्दा एकै छानामुनि ४० वटा स्टल रहने यस मेलामा विद्यार्थीहरुले दुई र तिन घण्टामा आफुले चाहेको देश र कलेजहरुको बारेमा भरपुर जानकारी लिएर फाइदा लिन सक्नेछन् ।’

इक्यान कास्कीका अध्यक्ष इविन्द्रराज तिवारीले इक्यान शैक्षिक मेला वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थी एवं तिनका अभिभावकहरुको लागि प्रभावकारी भएकाले मेलामा विद्यार्थीको आकर्षण बढ्ने विश्वास व्यक्त गरे । निःशुल्क रुपमा प्रवेश गरी परामर्श लिन सकिने मेलामा विभिन्न देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको समेत उपस्थिति रहने हुनाले विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा सत्यतथ्य कुराहरु जानकारी लिन सजिलो हुने अध्यक्ष तिवारीले जानकारी दिए ।

मेलाका प्रचारप्रसार संयोजक कमलनाथ बरालले मेलाको अन्य कामसँगै प्रचारप्रसारको काम पनि तिव्र पारिएको बताउँदै मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेिलया, न्युजिल्याण्ड, युके, अमेरिका, डेनमार्क, जापान, जर्मन, नर्वे, स्वीडेन, फिनल्याण्ड आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, रुस, जापान, भारत, चीन, बंगलादेश लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी हुने जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्