भोलिदेखि शुरु हुने ‘सातौं इक्यान शैक्षिक मेला’को तयारी पूरा

  • ख-
  • ख+

पोखरा ।

विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएकोे ‘सातौं इक्यान शैक्षिक मेला’ भोलि शुक्रवारदेखि शुरु हुदैछ । शुक्रवार र शनिवार दुई दिनसम्म पोखरा सभागृहमा चल्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको मेला आयोजक नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले जानकारी दिएको छ ।

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना र अवसरहरुको परामर्श दिन आयोजना गरिएको मेलामा विदेशमा पढाई हुने कोर्ष, विभिन्न देशको भिसा नीति, त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति तथा सहुलियत, सुविधा एवं गुणस्तरिय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँच लगायत विविध विषयमा आधिकारिक जानकारी दिइने आयोजकले जनाएको छ ।

मेला संयोजक तथा इक्यान कास्कीका कोषाध्यक्ष युवराज पौडेलले शैक्षिक क्षेत्रमा भएका परिवर्तन, विभिन्न देशका शिक्षा नीति,रहनसहन, वातावरण,समाज सम्वन्धित कलेजहरु तथा विश्वविद्यालयमा लाग्ने शिक्षण शुल्क, स्वास्थ्य विमा, अध्यागमन शुल्क आदिको वारेमा अध्यावाधिक र आधिकारिक परामर्श लिने थलोको रुपमा इक्यान शैक्षिक मेला प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे ।

पियरसन (पिटीई) को प्रस्तुतिमा आयोजनामा हुने मेलाको टाईटल स्पोन्सरमा इन्टरनेशनल कलेज अफ अप्लाईड साईन्स, एसोसियट स्पोन्सरमा रेन्सफोर्ड कलेज अस्ट्रेलिया, मुख्य प्रयोजकमा आईइडियु गु्रप अष्ट्रेलियाले साथ दिएको प्रचारप्रसार संयोजक कमलनाथ बरालले बताए । साथै मेलाको सर्पोटेड बाईमा भिक्टोरियन एन्सिच्यूड अफ एजुकेशन र व्लु लोटस, बैंकिङ पार्टनरमा ग्लोवल आईएमई बैंक र होटल पार्टनरमा कुटी रिर्साेट लेकसाइड रहेको उनले जानकारी दिए ।

शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, अमेरिका, डेनमार्क, जापान, जर्मन, नर्वे, स्वीडेन, फिनल्याण्ड, दक्षिण कोरिया, भारत लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी हुने मेलामा प्रतिष्ठित शैक्षिक परामर्शदातृ संस्थाहरुका अनुभवी एवं तालिम प्राप्त परामर्श दाताहरुले करिव ४० स्टलबाट आधिकारिक तथा प्रभावकारी सूचना एवं परामर्श निःशुल्क रुपमा दिईने बताईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्