सस्ताे लाेकप्रियताका लागि हैन समृद्व महानगर बनाउन लागिपर्नेमा मेयर आचार्यकाे जाेड

  • ख-
  • ख+

पाेखरा । पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अहिले आफुहरु आर्थिक वर्षको अन्तिम चरणमा रहेकाले ठूला काम गर्न बजेट अभाव रहेको जनाएका छन् ।

उनले आफुहरुको पहिलो काम भनेको डाटा कलेक्सन भएको र अहिले त्यसैमा केन्द्रित भएर काम गरिरहेकाले महानगरले गरेको काम देखिने गरी श्रावण १ गतेबाट काम हुने पनि बताएका छन् ।

पोखरा महानगरपालिकाको ११ औं नगरसभाबाट बिजेट पारित भएको अवसरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बाल्दै उनले पोखरा महानगरको ११ औं नगरसभाले सर्वसम्मत पारित गरेको बजेटमा सम्मुन्नत पर्यटकीय पोखरा बनाउने, पर्यटनको पूर्वाधार निर्माण गर्ने, पार्कहरु निर्माण, फोहोरमैलाको उचित व्यवस्थापन गर्ने, सडक सौन्दर्यकरण गर्ने, वातावरण संरक्षण गर्ने, उद्यमशील तथा रोजगार केन्द्रित कार्यक्रमहरुलाई अघि सार्ने र ग्रामीण एवं शहरको सन्तुलित विकासका लागि प्राथमिकता राखि बजेट विजियोजन गरेको बताए ।

त्यस्तै महानगरले सवारी जोखिम न्युनीकरणको लागि न्युरोड र मुख्य सडकमा डिभाइडर राख्ने, सडकहरुमा रोड मार्किङ, एक वडा एक सार्वजनिक शौचालय निमार्ण कार्य, ट्राफिक लाइट र सि.सि. क्यामेरा जडान कार्य सोलार लाइटका साथै स्मार्ट सडक बत्ती राख्नका लागि पर्याप्त बजेट छुट्याईको पत्रकार सम्मेलनमा आचार्यले स्पष्ट पारे ।

महानगरले आर्थिक वर्ष ०७९/०८० का लागि कुल बजेट ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार छुट्याएको छ । यस मध्ये पूर्वाधार विकास कार्यक्रममा ४ अर्ब ५३ करोड ९२ लाख र महानगरको साधारण र महाशाखातर्फ ३ अर्ब ५१ करोड ५३ लाख ५५ हजार र वडा कार्यलयहरुतर्फ ७२ करोड ६० लाख बजेट विनियोजन गरेको छ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा ४० प्रतिशले बढी रहेको छ ।

आचार्यले पाेखरा महानगरकाे प्राकृतिक सुन्दरतामा निखार ल्याउनमा जाेड दिने बताए ।

यसका लागि उनले सर्वप्रथम यहाँका मुख्य भागहरु जस्तै चिप्लेढुङ्गा, सभागृह, नयाँबजार, पृथ्वीचोक हुँदै लेकसाइडलाई समेटेर यसको विभिन्न तवरले व्यवस्थापन र सौन्र्दय करणको निम्ति यस वर्ष यसै अनुरुपको कामहरु गर्ने र यसलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा काठ्माण्डौंका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङ चर्चामा रहेका बेला पोखराका मेयर किन ओझलमा परेको भन्ने प्रश्नमा आचार्यले सस्तो लोकप्रियताका लागि मात्रै आफूले काम नगर्ने तर पूरा महानगर समृद्व बनाउन लागिपर्ने प्रतिक्रिया दिए ।

मेयर आचार्यले अहिले महानगरले सडकका खाल्डाहरु पुर्ने कामलाई तिव्रता दिएको बताउँदै आवश्यक पूर्वाधार खरिद गर्न विभिन्न शिर्षकमा बजेट विनियोजन गरेको जानकारी पनि दिएका छन् ।

उनले महानगरलाई सफा गर्न र फोहोरमुक्त बनाउनका लागि आवश्यक परेको खण्डमा ब्रुमर खरिद गर्नेगरी योजना तर्जुमा गरेको समेत खुलाएका छन् ।

त्यस्तै उनले ल्याण्डफिल्ड साइडलाई पोखरा–३३ को टिमुरफाटामा लाने भनिएपनि त्यहाँका स्थानीयबासीहरुको अवरोधको पनि महानगरले विकल्प खोजिरहेको जानकारी दिएका छन् । उनले यहाँका फोहोर व्यवस्थापनका लागि फोहोरको प्रकृति अनुसार व्यवस्थापन गर्ने बताए ।

मेयर आचार्यले निर्माणधिन पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल संचालनका लागि ल्याण्डफिल्ड साइड सार्नैपर्ने जनाउँदै फोहोर व्यवस्थापनको जिम्मा पाएको कम्पनीलाई केही समय मात्रै म्याद थपेको जानकारी पनि गराए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्