नागरिकता विधेयक फिर्ता नलिए आन्दोलनको आँधिबेहरी आउने क्षेत्री समाजकाे चेतावनी

  • ख-
  • ख+

बालकुमारी पौडेल/पाेखरा ।
नेपाल सरकारले गैर नेपाली अर्थात् विदेशी नागरिकलाई सहज नागरिकता दिने राष्ट्रघाती नागरिकता विधेयक फिर्ता नलिए आन्दोलनको आँधिबेहरी अाउने क्षेत्री समाज नेपालले चेतावनी दिएकाे छ ।

नागरिकता जस्तो राष्ट्रिय महत्वको विषयलाई बेवास्ता गर्दै राष्ट्रिय स्वाधिनता तथा अखण्डताप्रति आँच आउन सक्ने जस्तो गम्भीर प्रकृतीको विधेयक फिर्ता नलिएमा क्षेत्री समाज नेपालको नेतृत्वमा आम राष्ट्रवादी नेपालीहरुले देशव्यापी रुपमा सरकार बिरुद्ध आन्दोलनको आँधिबेहरी ल्याउने र त्यसकाे जिम्मेवारी स्वयम सरकार हुनुपर्ने शुक्रवार पाेखरामा आयाेजित पत्रकार सम्मेलनमार्फत समाजले जानकारी गराएकाे हाे ।

वंशजका आधारमा नागरिकता दिने अधिकार बाहेक अन्य अवस्थामा राष्ट्रिय महत्वको नागरिकता जस्तो विषयलाई टिकट बिक्रि गरेजस्तो तुच्छ काम सरकारले गरेकोमा भन्दै क्षेत्री समाजले घाेर अापत्ती जनाएकाे छ ।

कार्यकममा क्षेत्री समाज नेपालका केन्द्रिय अध्यक्ष प्रा. डा दिलबहादुर क्षेत्रीले राष्ट्रिय स्वतन्त्रता र स्वाधिनतामा आच आउने कुकर्म तथा जघन्य अपराधका विरुद्ध घनिभुत आन्दोलनमा सहभागी हुन आम सर्वसाधारण तथा सचेत नागरिकलाई आवाह्यन गरेका छन् l

आन्दाेलनका कार्यकम अन्तर्गत देशभरका सबै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र असंवैधानिक नागरिकता विधेयक शिघ्र फिर्ता नलिए चरणबद्ध अन्य आन्दाेलनका कार्यक्रममा सार्वजनिक गर्ने समाजले जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्