२० औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सहारालाई नोक्सान

  • ख-
  • ख+

सुरज श्रेष्ठ/पोखरा । पोखरामा सम्पन्न भएको २० औं संस्करणको आहा रारा ! गोल्डकप  फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ ।

शनिबार सार्वजनिक गरिएको आयव्ययको विवरण अनुसार आयोजक सहारा क्लबलाई लगभग १३ लाख नोक्सान भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । प्रतियोगिता गत माघ ६ गते देखि १५ गतेसम्म पोखराको रंगशालामा सञ्चालन भएको थियो ।

प्रतियोगिताका अर्थ संकलन उप–समिति संयोजक सुनिल गुरुङले ६९ लाख ८९ हजार खर्च भएको जनाउदै यस पटकको प्रतियोगितामा १२ लाख ६२ हजार ८ सय २६ रुपैया नोक्सान भएको जानकारी गराएको हो ।

साहारा क्लबका अध्यक्ष हरेराम गुरुङ ‘सुरज’ ले पत्रकार सम्मेलनमा कोभिडको कारण दर्शक नहुदाँ टिकटबाट जुन रुपमा हुने आम्दानी थियो त्यो नहुदाँ प्रतियोगिता नोक्सानमा गएको जनाए । प्रतियोगितामा भएको नोक्सानलाई हाम्रै शाखा क्लब हङ्गकङ्ग,यूके,अष्टे«लिया र यहाँका विजनेस हाउसहरुको सहयोगबाट नोक्सान परिपुर्ती गर्यौ। उनले भने ।

“खेलकुदको विकासमा सहकार्य गरौं,पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौ” भन्ने मुल उद्धेश्यका साथ गत माघ २०७८ सालमा आयोजना भएको फुटबल प्रतियोगितामा संकटा क्लब,नेपाल पुलिस क्लब,थ्रिस्टार क्लब,हिमालयन शेर्पा क्लब,मछिन्द्र क्लब,त्रिभुवन आर्मी क्लब,एपिएफ क्लब,विवाईएससी मिनेसोटा अमेरिका,मनाङ्ग मस्र्यादी क्लब र आयोजक साहारा गरि कुल १० टिमको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा शसस्त्र प्रहरी बलको एपिएफ क्लब विजेता र मनाङ्ग मस्यादी क्लब उपविजेता भएको  थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्