नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि द्वारेखर्के,फरेस्टी क्याम्पस र गण्डकी बोर्डिङ्को मैदान अवलोकन

  • ख-
  • ख+

सुरज श्रेष्ठ,पोखरा । गण्डकी प्रदेशमा अगामी असोज देखि आयोजना हुन लागेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलस्थल व्यवस्थापन उपसमितिले मैदान अवलोकन कार्यलाई तिर्व बनाएको छ ।

बुधबार खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश कुमार गुरुङ नेतृत्वको टोलीले पोखरा १५ द्वारेखर्कस्थित गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको मैदान, वन विज्ञान अध्यन संस्थान हरियोखर्कको खेल मैदान र गण्डकी बोर्डिङ स्कुलको खेल मैदानको अवलोकन गरेको थिए ।

अवलोकन गरिएका पोखरा १५ द्वारेखर्क स्थित गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको मैदान केही मर्मत गर्ने हो भने फुटबल, हक्की र रग्वीको लागि उपयुक्त हुने बताए ।

वन विज्ञान अध्ययन संस्थानको मैदान फुटबल, बास्केटबल,क्रिकेट र गण्डकी बोर्डिङ स्कुल खेल मैदानमा फुटबल, बास्केटबल, पौडी लगायतका विभिन्न खेलहरुको लागि उपयुक्त हुने बताएका छन ।

अनुगमनका क्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको मैदानमा पुगेको टोलीसँग कुरा गर्र्दै तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिल्लीराज पन्तले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई आफूहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै वनविज्ञान अध्ययन संस्थानका खेल प्रशिक्षक तथा पूर्व राष्ट्रिय बक्सिङ खेलाडीसमेत रहेका चित्रबहादुर गुरुङले नवौ राष्टिय खेलकुद प्रतियोगिताको लागि व्यतिmगत र संस्थागत सहयोग गर्ने बताएका छन ।

अनुगमनमा क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, निर्देशक कृष्ण तिमिल्सिना, क्षेत्रिय खेलकुदका डिवी नेपाली, नेपाल भारोत्तनल संघका उपाध्यक्ष राजन बड्गामी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठ,सचिव शशि पौडेल लगायत टोलीमा रहेका थिए ।

आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संम्भव भए सम्म प्रदेशका ११ वटै जिल्लामा सञ्चालन गर्ने तयारी भएको गुरुङले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्