तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको लागि प्राविधिक टोली पोखरामा

  • ख-
  • ख+


बालकुमारी पौडेल/पोखरा । पोखरामा आगामी असोज ६ देखि ९ गते सम्म आयोजना हुने ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिप–२०२२’ को लागि बुधबार प्राविधिक टोली पोखरामा आएका छन ।

टोलीले पोखरा रंगशालाको कभडहल प्रतियोगिताको लागि एरिनाको अवलोकन गरेको हो ।

अन्तराष्ट्रिय च्याम्पियनसिपको लागि एरिना सोही मापदण्ड अनुसार हुनु पर्ने भएकोले प्राविधिक टोली एरिनाको अवलोकन गर्न पोखरा आएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङ बताए ।

नेपालमै पहिलो पटक आयोजना हुन लागेको जिटु तेक्वान्दो च्याम्पियनसिपमा नेपालको प्रतिष्ठा जोडिएकोले देश विदेशमा छरिएर रहेका सबै नेपाली दाजुभाईको सहयोग आवश्यक छ । उनले भने ।

पोखरा रंगशालाको कभडहलमा आयोजना गरिने तेक्वान्दो च्याम्पियनसिपमा प्राविधिक टोलीले पोखरा रंगशालाको कभडहल उपयुक्त भएको जनाएको छ ।

बुधबार प्राविधिक टोलीले एरिना अवलोकन गर्दे रंगशाला कभडहलमा भएको ६ वटा एरिना टेनिङ्ग लागि र ३ वटा एरिना र प्रतियोगिताको लागि उपयुक्त रहेको ठहर गरेको छ ।

अवलोकन गर्न आएका प्राविधिक टोलीमा नेपालका पूर्व तेक्वान्दो खेलाडी २००६ ओलम्पिकमा ७८ किलो समुहमा काँस्य पदक र चारपटक दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदकधारी दिपक बिष्ट,कोरियन तेक्वान्दो प्रशिक्षक योङदल कोन लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा हाल सम्म भारत,टर्की,थाइल्याण्ड,स्पेन लगायतका ५ सय जना खेलाडीहरुले प्रतियोगिताको लागि नाम दर्ता गराईसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा १ हजार ५ सय खेलाडीहरुले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्