नेकपामा किचलो : बैठक चल्दाचल्दै झोकिदैं बाहिरिए प्रधानमन्त्री ओली

  • ख-
  • ख+

स्थायी समितिको एजेण्डा तय गर्न बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा विवाद भएपछि प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली बैठक चल्दाचल्दै बाहिरिनुभएको छ ।

नेकपा केन्द्रीय सचिवालय बैठकमा दुई पक्षबीच चर्काचर्की भएपछि असन्तुष्टि जनाउदै प्रधानमन्त्री ओली बाहिरिएको बताइएको छ । बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्षतर्फ लागेकाे सचिवालयका एक सदस्यले जानकारी दिएका हुन्  ।

प्रधानमन्त्री ओली एक पद एक मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन् तर बहुमत सचिवालय सदस्यहरु त्यसको कार्यान्वयन गर्ने पक्षमा छन् । सचिवालय बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए ।

बिहीबार सो पार्टीको स्थायी समिति बैठक बस्दैछ । आज बिहान मात्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामेदव गौतमबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्