सौन्दर्या शर्माले ब्लाउज बिना साडी मात्रै लगाएको तस्विर भाइरल

  • ख-
  • ख+

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री हुन् सौन्दर्या शर्मा । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनका कारण अभिनेत्री सौन्दर्या अहिले अमेरिकामै छिन् ।

लकडांउनका कारण उनी अमेरिकाको लसएन्जलसमा फसेकी हुन् । लकडाउनले गर्दा आफ्ना प्रोजेक्टहरुबाट टाढा भएकी उनी अहिले सामाजिक सञ्जालबाट आफ्ना फ्यानसँगनजिक भएकी छिन् ।

हालै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्बिर शेयर गरेकी छिन् । उत्क तस्बिरमा उनले ब्लाउज बिनानै साडी लगाएकी छिन् । उनी ब्लाउज बिना साडी लगाउदा निकै हट देखिएकी छिन् । यो तस्बिर अहिले सामाजिक सञ्जालभर भाइरल बनिरहेको छ ।

कोरोना भाइरस महामारीबीच बलिउड नायिका सौन्दर्या शर्मा अमेरिकाको लस एन्जलसमा फसेकी छन्। ‘राँची डायरिज (२०१७)’, ‘मेरठिया ग्यांगस्टर्स (२०१५)’ जस्ता फिल्मकी नायिक उनी अमेरिका अध्ययनका लागि गएकी थिइन्।

कोरोना भाइरसका कारण अमेरिकामा पठनपाठन थप्प छ।सौन्दर्याले भारत फर्कने कोसिस गर्दा तीन पटक फ्लाइट क्यान्सिल भएको जनाएकी छन्। सुरक्षाका लागि आफूसँग मास्कसमेत नभएको जनाउँदै उनले ट्वाइलेलेट पेपर र स्यानिटाइजरका लागि अमेरिकीबीच झगडा भएको देखेको पनि बताएकी छन्। आफू निकै चिन्तित बताउँदै उनले भनेकी छन्, ‘मेरा तीन उडान पैसा फिर्ता नदिइकनै क्यान्सिल गरिएका छन्। भारतमा मेराअभिभावक पनि साहै्र चिन्तित छन्।’

सौन्दर्याले भनिन्, ‘मैले आफूलाई घरमै आइसोलेसनमा राखेकी छु। अत्यावश्यक कामबाहेक घरबाट निस्किएकी छैन। घरमा नै योगा गर्छु। म शाकाहारी हुँ। खाना पनि घरमा नै बनाउँछु।’

आफूलाई व्यस्त राख्न उनी अनलाइनमार्फत स्पेनिस भाषा सिकिरहेकी छन्। साथै, नाटक पनि लेखिरहेकी छन्। दैनिक हनुमान चालिसा र दुर्गा चालिसा सुनेर चाँडै नै आफ्नो घर फर्कने प्रार्थना गरिरहेकी छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्