पाेखरा २५ मा फुटपाथका सामान तथा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन शुरु

  • ख-
  • ख+

हेमजा ।
पोखरा महानगरपालिका वडा नम्वर २५ ले मध्य पहाडी लोकमार्गको फुटपाथमा रहेका सामान तथा अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउने काम शुरु गरेको छ ।

यसअघि पोखरा महानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनाको वेवास्ता गरे पनि शनिबारदेखि अवैध संरचना भत्काउन शुरु गरिएको पाेखरा २५ का वडाध्यक्ष माेतिराज तिमिल्सिनाले बताए ।

फुटपाथमा अवैध रूपमा निर्माण सामाग्री राख्दा तथा संरचना बनाउदा पैदल यात्री मुल बाटोमा हिड्न बाध्य भएपछि पाेखरा २५ मा दुर्घटना बढीरहेको छ । तसर्थ फुटपाथमा भएका सामाग्री तथा संरचना हटाउदा दुर्घटनाको समस्या न्युनीकरण हुने वडाध्यक्ष तिमिल्सिनाकाे विश्वास छ । उनले पटक पटककाे सूचनालाई वेवास्ता गरेपछि वडा आफै एक्सनमा उत्रिएकाे बताए ।

फुटपाथमा रहेको सामाग्री हटाउन वडाका जनप्रतिनिधिको साथमा सामुदायिक प्रहरी सेवा र लियो क्लव अफ हेमजाका सदस्य उपस्थित रहेका थिए । शनिवारदेखि शुरु भएकाे फुटपाथ हटाउने अभियान अन्तर्गत शनिवार वडा २५ काे वडा कार्यालयदेखि फेदिसम्म फुटपाथका सामान तथा अवैध रुपमा निर्माण गरिएका संरचना हटाईएकाे हाे ।

यसैबिच हेमजामा रहेका दुई संस्थाका शौचालयलाई सार्वजनिक गरिएको छ । हेमजाको हेमजा मिनि मार्केट र बिकास आयलमा रहेका शौचालय सार्वजनिक गरिएको हो ।

त्यसै गरि आशा लघुबित्त संस्था हेमजा शाखाले सहयोग गरेको ३५ थान डस्बिन विभिन्न स्थानमा राखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्