नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको अध्यारो सचिवालय

  • ख-
  • ख+

सुरज श्रेष्ठ/पोखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने दिन नजिकिदै गर्दा सचिवालयमा मा्न्छेको आवतजावतले कामको चापाचाप हुन पर्ने हो । तर पोखरा रंगशालामा भदौ ५ गते औपचारिक रुपमैे उद्धघाटन भएको सचिवालयमा खासै त्यस्तोे देखिदैन ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को सचिवालय झिलिमिली हुनुपर्ने हो तर त्यहाँ अन्धकार छ ।

१५ करोड लागतमा बनेको नेपालकै सुविधा सम्पन्न पोखरा रंगशाला भित्रको कभडहलमा अहिले विद्युत लाइन छैन । उक्त कभडहल भित्र मिडिया सेन्टर,विभिन्न खेल संघको कार्यालय पनि रहेको छ । विद्युत लाइन नहुदाँ त्यहाँ रहेका संस्थाहरुलाइ दैनिक कार्य गर्न कठिनाई भएको वरिष्ठ फोटो पत्रकार सुर्दशन रन्जितले बताए ।

प्राय जसो रंगशाला भित्रको गतिविधि क्यामारामा कैद गर्ने रन्जित छिटो छरितो समाचारको लागि कभडहल भित्रको मिडिया सेन्टरबाट आफ्नो काम निम्टाउने गर्थे । तर त्यहाँ विद्युत नहुदाँ उनलाई काम गर्न कठिनाई भएको छ । उनी प्रतिनिधि पात्र हुन । उनी जस्तै धेरैलाई विद्युत लाइन नहुदाँ काम गर्न कठिनाई भएको छ

कभडहलमा लाइन अवरुद्ध हुनुको कारण
गएको असार २६ गते हक्की खेलको राष्ट्रिय प्रतियोगिता कभडहल भित्र संचालन भई रहेको थियो । सोही समय त्यहाँ विद्युत लाइन सट हुन पुग्यो । विद्युत सट मात्र भएन आगो नै लाग्यो । आगोलाई बेलैमा नियन्त्रणमा लिएकोले कुनै मानविय क्षति हुन पाएन । मानविय क्षति नभए पनि ३९ वर्ष पछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको खेलकुदको पर्वको होस्ट जिल्लामा भएको कभडहल भित्र विद्युत लाइन नबन्दा कतै नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न गण्डकी प्रदेश अहिले सक्षम थिएन कि ? भन्ने सोच्न बाध्य बनाएको छ ।
पोखरा रंगशालामा भित्र रहेको कभडहलमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न मिल्ने गरि त्यसको फाउन्डेसन तयार गरिएको छ । त्यहाँ राष्ट्रिय स्तरका इन्डोर खेलका प्रतियोगिताहरु पनि सम्पन्न भई सकेको छन । तर त्यहाँको व्यवस्थापन चुस्त नहुदाँ त्यत्रो लागतमा बनेको भौतिक संरचना केहि वर्ष पछि कामै नलाग्ने अवस्थामा पुग्ने हो कि भन्ने चिन्ता खेलाडी र खेल पे्रमीलाई परेको छ ।

पोखरा रंगशाला भित्र रहेको कभडहल लगायत सबै भौतिक संरचनाको स्वामित्व राष्ट्रिय खेलकुद परिषद अन्र्तगतको पश्मिाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको मातहातमा रहेको छ ।

विकास समितिको स्वामित्वमा रहेको भौतिक संरचनाको रेखदेख गर्ने जिम्मेवारी पनि त्यही समितिको हुन्छ । राष्ट्रिय खेलकुद परिषद अन्र्तगत रहेको हुनाले पोखरा रंगशाला पनि केन्द्रबाट नै संचालन भई रहेको छ । पश्मिाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको बैक खातामा विगत २ वर्ष देखि कारोबार नै नभएको त्यहाँका एक कर्मचारीले बताए । हाल कर्मचारीको तलब केन्द्रबाट व्यातिmगत बैक खातामा आउने गरेको छ ।

असारमा विद्युत लाइन सट हुने बितिmकै केन्द्रमा जानकारी गराएको हौ । त्यहाँबाट मर्मतको लागि १० लाखको कोटेसन तयार पनि भएको थियो । तर समयमा काम नवन्दा कसले गएर मेन स्विच अन गर्देछ । बोर्ड प्यानल नै गयो । जसको लागि थप ३ लाख आर्थिक भार थपियो । क्षेत्रिय खेलकुदका एक कर्मचारीले भने ।

देश संघियतामा गए पछि पनि क्षेत्रिय खेलकुद विकास समिति किन ? त्यहाँ भएका कर्मचारीलाई कतै स्तान्तरण गरिनु पर्छ र प्रदेशलाई यसको स्वामित्व हस्तान्तरण गरिनु पर्ने वरिष्ठ फोटो पत्रकार रन्जितले भने । उनका भनाईलाई आधार मान्ने नवौ राष्ट्रिय खेलकुद आयोजनाको लागि यहाँको प्रदेश परिषद प्रदेश सरकार र आयोजक महानगरपालिकाको संमन्य राम्रो हुन सकेको छैन । जसको कारण नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता सोचे अनुसार नहुने पो हो कि ? उनले चिन्ता व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्