पाेखरा २५ हेमजामा सार्वजनिक शौचालयको शुभारम्भ

  • ख-
  • ख+


हेमजा । पोखरा २५ हेमजामा वडा कार्यालयको पहलमा निजी शौचालयलाई सार्वजनिक शौचालयको रूपमा खुला गरिएकाे छ ।

हेमजामा रहेको हेमजा मिनि मार्केट र विकास आयल स्टोरमा भएको शौचालयलाई मंगलबारदेखि सार्वजनिक शाैचालयकाे रुपमा शुभारम्भ गरिएको हो ।

वडा नम्वर २५ का वडाध्यक्ष माेतिराज तिमिल्सिनाले महानगरको अवधारणा अनुसार निजि शौचालयलाई सार्वजनिक गरिएको बताए ।

उनले वडामा सार्वजनिक शौचालय नभएको अवस्थामा निजी क्षेत्रबाट सहयोग गरेकोमा धन्यवाद दिदै एक वर्षभित्र प्रत्येक वडामा महानगरले सार्वजनिक शौचालय बनाउने उल्लेख गरे ।

वडाध्यक्ष तिमसल्सिनाले महानगरको वडा हुन सार्वजनिक शौचालय हुन आवश्यक हुने बताउँदै अन्य व्यवसायीलाई पनि सहकार्य गर्न आग्रह गरे ।

हेमजा मिनि मार्केटका सञ्चालक शिवलाल पौडेलले मार्केटमा भएको शौचालयलाई सार्वजनिक घोषणा गर्दै सेवा गर्न पाउँदा खुसि लागेकाे बताए । उनले सडकमा भएको अव्यवस्थित पार्किङ हटाउन सहजिकरण गर्ने बताउँदै मार्केटमा पार्किङ गर्न दिने बताए ।

विकास आयल स्टोरका सञ्चालक भोजराज पौडेलले निजि शौचालयलाई सार्वजनिक गर्ने काम राम्रो लागेको प्रतिकृयन दिए ।

कार्यक्रममा पुर्व वडा सदस्य दलबहादुर कुवँर र नेकपा एमाले पोखरा २५ हेमजाका अध्यक्ष ऋषिराम पौडेलले बोलेका थिए । कार्यक्रममा लियो क्लब अफ हेमजा, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, विभिन्न राजनीति दल र विभिन्न संस्था प्रतिनिधिको उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ईश्वरी बाँस्तोलाले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्