जुवातास खेलिरहेका ८ जना १ लाख ७ हजार नगदसहित पक्राउ

  • ख-
  • ख+

पाेखरा । पाेखरा १३ बस्ने सूर्यकुमारी गुरुङको घरमा जुवा तास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । शनिवार साँझ ७ वजेतिर  वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेका ८ जनालाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा तनहुँ देवघाट स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१३ मियापाटन बस्ने घरधनी वर्ष ४४ की सुर्यकुमारी गुरुङ , सर्लाही घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ११ रानीपौवा बस्ने वर्ष ३८ को ललित कुमार बस्नेत  र वर्ष ३५ को रूपक बस्नेत, बागलुङ जैमिनी न.पा. ७ घर भई हाल  कास्की पोखरा म.न.पा.वडा न.११ फुलबारी बस्ने वर्ष ४० को दिपक खड्का, कास्की पोखरा म.न.पा. वडा न.७ बस्ने वर्ष ३१ को सुर्य थापा, धादिङ निलकण्ठ न.पा. वडा नं.४ घर भई हाल कास्की पोखरा म.न.पा. वडा न.११ बस्ने वर्ष ३७ को रमेश ठकुरी, कास्की पोखरा म.न.पा. वडा न.१३ बस्ने वर्ष ४० को आश बहादुर गुरुङ र लमजुङ राईनाश न.पा. १० घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा न.१० बस्ने वर्ष ४४ कमला गुरुङ रहेका छन् ।

प्रहरीले उनिहरुकाे साथबाट नगद रू.१,०७,२५५।– (एक लाख सात हजार दुई सय पचपन्न मात्र) र २११ पत्ति तास समेत बरामद गरेकाे छ । उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दश (१०) दिन  म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारी ले जानकारी दिए ।










सम्पर्क नं. ९८५६०३५५१२

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्