इन्डाे नेपाल फ्रेण्ड्सीप इन्टरनेशनल आर्ट एक्जिविशन शुरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

तिर्थ के.सी./पाेखरा ।
नेपाल आर्ट एकेडेमीकाे आयाेजनामा विहिवारदेखि इन्डाे नेपाल फ्रेण्ड्सीप इन्टरनेशनल आर्ट एक्जिविशन शुरु भएकाे छ । पाेखरा चिप्लेढुङ्गाकाे घामपानी मिनि मार्केटकाे एक्जिविशन हलमा एक्जिविशनकाे उद्घाटन गर्दै पाेखरा महानगरका मेयर धनराज आचार्यले नेपाल भारत मैत्री सम्वन्धकाे लागि कलाकारकाे कार्यक्रमकाे सफलताकाे कामना गरे ।

उनले समृद्व शहरका लागि कलाकारिता पनि महत्वपुर्ण क्षेत्र भएकाे बताउँदै मनकाे कुरा चित्रमा उतार्ने विशेष कलाकाे प्रशंसा गरे ।

अर्काे प्रशंगमा उनले पाेखरा आर्ट ग्यालरीका विषयमा उठेका टिकाटिप्पणीलाई स्वीकार्दै ग्यालरीलाई विश्वका जुनसुकै व्यक्ति आउदा पनि वाह भन्ने बनाउने हिसावले उचित व्यवस्थापन गर्न लागेकाे दावी गरे ।

एक्जिविशनमा नेपाल र भारतका कलाकारहरुकाे कला प्रदर्शनी, चित्रकला क्लास, अनलाईन ग्यालरी लगायतका कार्यक्रमहरु समृटिएकाे एकेडेमी सञ्चालक तथा एक्जिविशन संयाेजक नगेन हमालले जानकारी दिए ।

“शान्ति, पर्यटन र कला प्रवर्द्वन”भन्ने नारा सहित दशैं तिहारकाे अवसरमा आयाेजित एक्जिविशन आगामी सेप्टेम्वर ३० तारिखसम्म चल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्