नवौ राष्ट्रिय खेलकुद : जुगाड गरेर ट्राइयथलनका खेलाडी तयार पार्दे

सुरज श्रेष्ठ
  • ख-
  • ख+

सुरज श्रेष्ठ/पोखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको ट्राइयथलन खेलको लागि गण्डकी प्रदेशका प्रशिक्षकले आवश्यक समाग्री जुगाड गरेर खेलाडीलाई प्रशिक्षण गराएको बताएका छन ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशका तर्फबाट दुआथलनमा एक महिला दुई पुरुष र ट्राइयथलनमा एक महिला २ पुरुष गरि ६ जना खेलाडीले सहभागिता जनाउदै छ ।

जसमा ट्राइयथलनको लागि गण्डकी प्रदेशबाट जेसुदा राई,रमेश मगर,सुजन मगर छनोट भएका छन । त्यस्तै दुआथलनको लागि बिनोद सापकोटा,सुवास तमाङ र बिना पुनले प्रतिस्पर्धामा भाग लिनेछ ।

प्रशिक्षकको जिम्मा पाएका जगत ढोलीका अनुसार छनोट भएका खेलाडीलाई आवश्यक पर्ने सामाग्रीहरु खरिद गर्नको लागि कम्तिमा ६ लाख लाग्छ । तर अहिले सम्म रकम हात नपरेको उनले बताए ।

हाल उनले आफ्ना साथी भाई संग सहयोग मागेर प्रशिक्षणको सामाग्री जुगाड गरेका छन ।
राष्ट्रिय खेलकुद प्रतियोगितामा ट्राइयथलन  तर्फ खेलाडीले ७ सय ५० मिटर पौडेर चार ल्यापको २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौडनुपर्दछ ।

त्यस्तै दुआथलनअन्तरगत ५ किलोमिटर दौडेर २० किलोमिटर साइक्लिङ गर्नुपर्ने र पुनः२.५ किलोमिटर दौडनपर्ने छ ।
सोही अनुसार खेलाडीहरुलाई प्रशिक्षण गराएको व्यवस्थापक गोविन्द थापाले बताए । गण्डकी प्रदेशका ट्रायथोलन र द्धवाथलन लागि छनोट भएका खेलाडीहरुले स्विमिङ फेवा तालमा साइक्लिङ र रनिङ रंगशालामा गराइरहेको प्रशिक्षक ढोलीले जनाए ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्