पोखरा सिटी रेवानद्धारा शुभकामना आदानप्रदान,पेशागत परिचयपत्रका आधारमा लजिङफुडमा १० देखि १५ प्रतिशतसम्म छुट

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नजिकिदै गरेको नेपालीहरुको को ठुला चाडपर्वको अवसरमा पोखरा सिटी रेवानले शुभकामना आदानप्रदान गरेको छ । विश्व पर्यटन दिवसको अवसर पारी विजय दशमी, दिपावली, नेपाल संवत् ११४३ र छठ पर्वको शुभकामना आदानप्रदान गरेको सिटी रेवानका सचीव सागर लुइँटेलले जानकारी दिए ।

विजयदशमी, दिपावली, नेपाल संवत् ११४३ र छट पर्वको शुभकामना दिदै प्रमुख अतिथि होटल व्यावसायी महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद शर्मा पाध्यले अन्तर प्रदेश आन्तरिक पर्यटन प्रवर्द्धन गर्न गत भदौ २० गते पोखरामा भएको ७७ वटै जिल्ला अध्यक्षको एक छलफल गरि पेशागत परिचय पत्रका अधारमा लजिङ फुड्मा १० देखि १५ प्रतिशतसम्म छुट्को व्वस्था गर्ने माइनोट गरेको बताए । साथै ७७ वटै जिल्ला अध्यक्षहरुले यो निर्णय लागू गर्ने प्रतिबद्धता जनाएको पनि केन्द्रिय उपाध्यक्ष पाध्यले जानकारी दिए । छुट गरे पनि सेवा सुविधा र खानाको गुणस्तरमा भने उच्छ ध्यान दिन आग्रह गरे ।

पोखरा सिटीका अध्यक्ष दीपक तिमिल्सिनाले आन्तरिक पर्यटकलाई आजदेखि पेसागत परिचयपत्रका आधारमा लजिङफुडमा १० देखि १५ प्रतिशतसम्म छुट लागू भएको घोषण गरे । परिचयपत्रका आधारमा व्वसायी, निजामती कर्मचारी, पत्रकार, कलाकार खेलाडी लगायतलाई छुटको ब्यवस्था गरिएको तिमिल्सिनाले बताए ।

२०५७ सालमा स्थापना गर्दाको समयलाई सम्झदै संस्थापक अध्यक्ष चिरञ्जीवी श्रेष्ठले पोखरा सिटी रेवानले पर्यटक आकर्षणका लागि सडक मेला महोत्सव, छिमेकी राष्ट्रले गरेको नाकाबन्दी र कोभिड १९ जस्तो महामारीले थलिएको पर्यटन व्यावसायलाई चलाएमान बनाउन पोखरा खुल्ला छ है भनी आन्तरिक पर्यटन प्रवर्द्धन गर्न महत्त्वपूर्ण भुमिका खेल्दै आएको बताए ।

घरभाडा सरोकार समितिका अध्यक्ष कमल न्यौपानेले कोभिडले बिचलित परे पनि निरन्तर कर्म गरे पर्यटन व्यावसायलाई फेरि पुरानै लयमा फर्काउन सकिने भन्दै निरन्तर लाग्ने शक्ति मिलोस भन्दै शुभकामना दिए ।

पोखरा सिटी रेवानका सचीव सागर लुइँटेलले सन्चालन गरेको कार्यक्रममा दशैं, तिहार जस्ता ठुला चाडपर्वका समयमा मौसम अनुकुल हुने हुदा देशको प्राकृतिक सुन्दरता र भौगोलिक विविधतालाई बुझ्न आन्तरिक पर्यटक बन्नु पर्नेमा जोड दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्