नवौं राष्ट्रिय खेलकुद : पोखरा महानगरपालिकाले फोहर व्यवस्थापनलाई प्राथमिकतामा राख्ने

सुरज श्रेष्ठ
  • ख-
  • ख+

सुरज श्रेष्ठ/पोखरा । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पोखरा महानगरपालिकाले फोहर व्यवस्थापनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ ।

पोखरा महानगरपालिकामा बुधबार भएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले यस्तो बताएका हुन ।

पोखरा महानगरपालिकामा ३९ बर्ष पछि आयोजना हुन लागेको राष्ट्रिय प्रतियोगिताका लागि पोखरा ओर्लने खेल पर्यटकले ‘वाउ’ हउ क्लिन सिटि भन्ने बनाउन आफु आजै बाट लाग्ने बताएका छन ।

पोखरा महानगरपालिकामा आज भएको कार्यक्रममा उनले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन कुनै कसर बाँँकी नराख्ने बताएका छन ।

‘यहाँ आएको पर्यटकहरुलाई पोखरामा सस्तो र गुणस्तरिय सेवा प्रदान गर्न यहाँको होटल,यातयात लगायतका व्यवसायहरु संग छिटै नै मिटिङ गर्छु ।’ आचार्यले भने ।

मेयर आचार्यले पोखराका ३३ वटै वडा अध्यक्षहरुको सहभागीता भएको उतm कार्यक्रममा सबै अध्यक्षहरुलाई आफ्नो वडामा खेल पर्वको रुपमा नवौ राष्ट्रिय खेलकुदको प्रचार गर्न निर्देशन समेत दिएका छन ।

कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगिताको हालसम्मको तयारी विषयमा जानकारी गराएका थिए ।

उनले प्रतियोगितालाई मध्यनजर गरि फोहर मैला व्यवस्थापन,यातयात सुविधा,सडक मर्मत,नाकाहरुमा स्वागत द्धार लगायत व्यवस्थापनमा सहजीकरण गरि दिन पोखरा महानगरपालिकालाई आग्रह गरेका छन ।

कार्यक्रममा सदस्य सचिव गुरुङले पोखरामा आयोजना भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४० मा आफु खेलाडीको रुपमा सहभागी भएको स्मरण समेत गराएका थिए ।

कार्यक्रममा पोखराका ३३ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, गण्डकी खेलकुद परिषदका पदाधीकारी , महानगरका कर्मचारी, खेलपत्रकार लगायतको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्