पोखरा वडा नम्वर २५ द्धारा कार्य विवरण र भावी योजनाहरु सार्वजनिक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

हेमजा । पोखरा महानगरपालिका वडा नम्वर २५ हेमजाले स्थानीय तह निर्वाचनमा निर्वाचित भए पश्चात हालसम्म गरेका कामहरुको संक्षिप्त विवरण र भावी योजनाहरु सार्वजनिक गरेको छ । नजिकिदै गरेका नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली, नेपाल सम्वत एवं छठ पर्वको छेको पारेर वडाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वडाध्यक्ष मोतिराज तिमिल्सिनाले संक्षिप्त कार्यविवरण र भावी योजनाहरु सार्वजनिक गरेका हुन् ।

संक्षिप्त कार्य विवरण र भावी योजनाहरु पूरा पढ्न यहाँ क्लिक गर्नुहोस् ।

वडाध्यक्ष तिमिल्सिनाले प्रस्तुत गरेको विवरणअनुसार भौतिक पूर्वाधार विकास, विपद व्यवस्थापन, कार्यालय व्यवस्थापन, विषयगत समितिहरुको गठन लगायत अन्य कार्यहरुमा हेमजा स्वास्थ्य चौकीमा डाक्टर, ल्याव र विमा सहितको सेवा संचालन गर्न नगर कार्यपालिकाबाट निर्णय भएको उललेख गरे । साथै सडक सुरक्षाका लागि मध्यपहाडी लोकमार्गको याम्दीबाट फेदीसम्मको सडकपेटी खुला गर्ने कार्य भएको र सुरक्षाका लागि सडकमा हिल टयाङ्की राखिएको बताए । यसैगरी चौरासी नहरको पुर्ननिर्माण गर्नका लागि डिपिआर तयार गरी योजना माग गर्न नहरले चर्चेको जग्गा छुट्टाई नक्शांकन गर्ने कार्य चलिरहेको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।


उनले प्रस्तुत गरेका भावी कार्यक्रममा उज्यालो कार्यक्रम अन्तर्गत वडा भित्रका टोलहरुमा अटोमेटिक वत्ती जडान, टोल विकास संस्था गठन र नामाकरण र एकिकरण, स्ट्रिट नेम (सडकको नाम) वोर्ड राख्ने तथा भौतिक पूर्वाधार अन्तर्गत सडकरनाला निर्माण लगायतका कार्यहरु रहेका छन् । भने कार्यान्वयन चरणमा रहेका संघीय योजना अन्तर्गत पोखरा २५ वावियातराबाट पोखरा १९ अकला जोड्ने मोटरेवल पुल, पोखरा २५ वडहरे र पोखरा १९ लामाचौर जोड्ने ३०० मीटर वढी लम्बाई भएको झोलुङ्गे पुल र फुर्केटारी(जौबारी(देउराली(कास्कीकोट बाटोको सुईखेत खोलामा मोटरेवल पुल निर्माण कार्य रहेका छन् ।


कार्यक्रममा निवर्तमान वडा अध्यक्ष शोभाकर तिम्सिना, सदस्यहरु जितवहादुर कार्की, दल वहादर कुवंर, लक्ष्मी अधिकारी कार्यकाल दोहो¥याउन सफल सदस्य तारा वि.कलाई सम्मान गरिएको थियो ।

शुभकामना आदान प्रदान कार्याकममा महानगरका सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र जंग के.सी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले नजिकिदै गरेका चाडपर्वको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्