नवौँ राष्ट्रिय खेलकुद : महिला हक्की भोलिदेखि शुरु

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । नवौँ राष्ट्रिय खेलकुद अन्तरगत महिला हक्की खेल प्रतियोगिता भोलि देखि सुरु हुदैछ । प्रतियोगिता गण्डकी बोर्डिङ स्कुल लामाचौरमा हुनेछ ।

भोलि देखि सुरु हुने उद्वघाटन खेलमा सुदुरपश्चिम र बाग्मती आमनेसामने हुनेछन । त्यस्तै भोलि नै हुने दोस्रो खेलमा आयोजक गण्डकी पनि मैदानमा उत्रिदै छ । भोलि हुने दोस्रो खेलमा आयोजक गण्डकी प्रदेश १ भिडने छ ।

लिग कम नकआउट आधारमा संञ्चालन हुने प्रतियोगिताको समुह ‘ए’ मा सुदुरपश्चिम प्रदेश, मधेश प्रदेश, बागमती र नेपाल आर्मी रहेका छन् । यस्तै समुह ‘बि’ मा घरेलु टिम गण्डकी, लुम्बिनी र प्रदेश १ रहेका छन् ।

सात टिम सहभागि रहेको महिला हक्की असोज २७ देखि कार्तिक २ गतेसम्म चल्ने छ । प्रतियोगिताको दोस्रो दिन मधेश प्रदेश र नेपाल आर्मीबिच प्रतिस्पर्धा हुँदा लुम्बिनी प्रदेश र गण्डकी मैदानमा उत्रिदै छन् ।

त्यस्तै तेस्रो दिन बागमती प्रदेश र नेपाल आर्मीबिच प्रतिस्पर्धा हुँदा सुदुरपश्चिम प्रदेश र मधेश प्रदेश भिड्दै छ । यता प्रतियोगिताको चौथो दिन नेपाल आर्मी सुदुरपश्चिम प्रदेशसँग भिड्दै छ भने प्रदेश १ र लुम्बिनी प्रदेश मैदानमा उत्रिदै छन् ।

त्यस्तै पाँचौँ दिन मैदानमा बागमती प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताको सेमिफाइनलमा समुह ‘ए’ को विजेताले समुह ‘बि’ को उपविजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

त्यस्तै सोही दिन समुह ‘बि’ को विजेता र समुह ‘ए’ को उपविजेताले सेमिफाइनलमा प्रतिस्पर्धा हुने प्रतिस्पर्धा गर्नेछन ।
तेस्रो स्थानको लागि कार्तिक १ गते प्रतियोगिता हुने छन भने फाइनल खेल कार्तिक २ गते हुनेछ ।

यसअघि नेपालगञ्जमा आयोजना भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला हक्कीमा स्वर्ण पदक सुदुरपश्चिम प्रदेशले हात पारेको थियो । रजत पदक नवौँ राष्ट्रिय प्रतियोगिताको आयोजक गण्डकीले र कास्य पदक आर्मीले जितेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्