सल्युट गोर्खाले लाहुरे भर्तिसम्वन्धी अनलाईन कक्षा सन्चालन गर्ने

  • ख-
  • ख+

पाेखरा, ९ जेठ । सल्युट गोर्खा ट्रेनिङ सेन्टरले लाहुरे भर्ति(ब्रिटिश आर्मी, सिंगापुर पुलिस, इण्डियन आर्मी)सम्वन्धी अनलाईन कक्षा सन्चालन गर्ने भएकाे छ ।

पछिल्लाे समय विश्वव्यापी रुपमा फैलिएकाे काेभिड-19 नियन्त्रणकाे लागि नेपालमा जारी बन्दाबन्दि (लकडाउन) काे समयमा करिव चार सय जनालाई केहि कक्षाहरु निःशुल्क प्रदान गरेकाे सल्युट गाेर्खाले अवदेखि अाैपचारिक रुपमै सम्पुर्ण कक्षाहरु अनलाईनकाे माध्यमबाट पनि दिने तयारी गरेकाे हाे ।

पाेखराकाे रामबजारस्थित प्रधान कार्यालय रहेकाे सेन्टरले जेठकाे दाेस्राे सातादेखि अनलाईन कक्षा सन्चालन गर्ने संस्थाका अध्यक्ष राहुल पाण्डेले जानकारी दिए ।

आैपचारिक रुपमै शुरु गरिने अनलाईन कक्षा समूह हेरि तिनदेखि चार महिनाकाे हुने र डिजिटल कक्षा साथै फिजिकल सेलेक्सन र अाेरेन्टेशन लगायत तालिमका सम्पुर्ण प्याकेजहरु समावेश गरिने अध्यक्ष पाण्डेले बताए ।

उनका अनुसार अनलाईन कक्षामा सहभागी हुने प्रशिक्षार्थीले विभिन्न शिर्षकमा ५० देखि ७० प्रतिशतसम्म छुट पाउनेछन् ।

उनले भने-“जसको लाहुरे हुने सपना छ, योग्य छ, आर्थिक रुपले विपन्न भएर तालिम केन्द्रमा जान नसक्ने अवस्था छ, छात्रबासमा बस्न नसक्ने वा आर्थिक स्थिती सवल भए तापनि अझै राम्रो तयारी गरेर भर्ति प्रकृयामा अघि आउन चाहने प्रशिक्षार्थीहरुको लागि अनलाईन कक्षा धेरै उपयोगी ठहरीनेछ ।”

पाण्डेले लाहुरे भर्ति सम्वन्धी यस अनलाईन कक्षाकाे लागि विगत तीन वर्षदेखि अध्ययन अनुसन्धान गर्दै अाएकाे र अाफु पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका अनलाईन कक्षाहरुमा सहभागी भएकाे अनुभवका अाधारमा सल्युट गाेर्खाले दिने लाहुरे भर्तिसम्वन्धी तालिम अनलाईनकाे माध्यमबाट पनि दिन उपयुक्त ठानेकाे बताए ।

विगत एक दशक देखि पाेखरामा रहेर सेवा दिद‌ै अाएकाे सेन्टरले करिव तीन सय जनालाई व्रिटिस अार्मी र सिंगापुर पुलिस साथै करिव पाँच सय जनालाई इण्डियन अार्मीमा भर्ति गराउन सफल भएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्