नवौं राष्ट्रिय खेलकुद महिला भलिबल आजदेखि,उद्घाटनमा गण्डकी र सुदुरपश्चिम भिड्ने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

बेनी ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तरगत म्याग्दीको बेनीमा आज बिहिबारदेखि महिला भलिबल प्रतियोगिता सुरु हुदैछ ।

बेनीको खुल्ला मञ्चमा दिउँसो २ बजे उद्घाटन हुने प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी र सुदुरपश्चिम प्रदेश भिड्दैछन् ।जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीका अनुसार लिग कम नक आउटमा खेलाईने प्रतियोगिताका लागि सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

सात प्रदेशसहित नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए ।

समुह १ र २ मा तीन/तीन र समुह ३ र ४ मा २/२ वटा टिम रहेका छन् ।
पाँच दिनसम्म संचालन हुने प्रतियोगितामा कुल १६ खेल सञ्चालन हुनेछन् ।

महिला भलिबलसँगै शुक्रबारदेखि म्याग्दीमा तेक्वान्दोका खेलहरु समेत सुरु हुदैछन् ।

प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापक ११ टिमका ६१७ जना
म्याग्दीमा आउदैछन् ।।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्