नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा बागमती विजयी

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बागमती प्रदेश विजयी भएको छ । बागमतीले आयोजक गण्डकी प्रदेशलाई ३० रनले पराजित गरेका हो ।

खेलमा पहिला व्याटिङ गरेको बागमतीले २० ओभरमा ८८ रनको योगफल तयार पारेको थियो । प्रत्युत्तरमा गण्डकीको पारी मात्रै ५८ रनमा समेटियो । १९.१ ओभरमा गण्डकीको सम्पूर्ण विकेट झरेको थियो । बागमतीको व्याटिङमा प्लेयर अफ द म्याच सोनी पाख्रिनले २१ रन बनाइन् ।
यसअघिको खेलमा सशस्त्र प्रहरीको एपीएफले मधेश प्रदेशलाई २७ रनले पराजित गरेको थियो । पहिला व्याटिङ गरेको एपीएफले ७ विकेटको क्षतिमा १ सय १ रन बनाएको थियो । मधेशका खेलाडीले पुरै २० ओभर खेलेपनि ७ विकेट गुमाउँदै ७४ रनमात्रै बनाउन सके । एपीएफको जितमा नेरी थापाले आफ्नों स्पेलमा ६ रन खर्चिएर ३ विकेट लिएकी थिइन् ।

एपीएफको व्याटिङमा ममता चौधरीले १७ तथा राजमति ऐरीले १६ रन जोडिन् । मधेशका लागि सरस्वती कुमारी र कविता गौतमले समान १३ रन बनाएका थिए । आज भएको खेलमा पराजय भए संगै आयोजक गण्डकी नवौं राष्ट्रिय प्रतियोगिताबाट बाहिरिएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्