फेवाताल सरफाई अभियानलाई निरन्तरता

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

तिर्थ के सी/पाेखरा ।
पोखरा महानगरपालिका वडा नं. ६ ले फेवाताल सरसफाइ महाअभियानलाई निरन्तरता दिएको छ । शनिबार आज वडाको नेतृत्वमा तालमा भएको जलकुम्भी झारलाई सफाई गरेको हो ।

बिहान ७ बजे ताल पुग्नुभएका पुर्व वडा अध्यक्ष जगत बहादुर पहारीले फेवा फाँटका घोलहरुबाट जलकुम्भी झार उत्पन्न हुने बताए । फेवातालको मुहान हर्पन खोला र खहरेखोलामा बर्षतमा बाढी आउने र उम्रदै गरेको जलकुम्भी बगाएर तालमा ल्याउने हुदा जलकुम्भीको उद्गम स्थलबाट तालसम्म मिसिन रोक्न सके मात्रै जलकुम्भी नियन्त्रण हुने बताए ।

वर्तमान अध्यक्ष विष्णु बहादुर भट्टराईले फेवातालका सरसफाईमा विभिन्न संघसंस्थाहरुले अभियान गरेता पनि अभियानका रुपमा मात्रै सिमित रहेको र दिर्घकालिन रुपमा भने सफा हुन नसकेको बताए ।

अध्यक्ष भट्टराईले फेवातालको दिर्घकालिन सफाईका लागि वडाले बजेट बिनियोजन गरेर जनशक्ति परिचालन गर्ने बताए । साथै वडाको पहलमा प्रत्येक शनिबार नागरिक समाज, आमा समुह र व्यावसायिहरुसंग सहकार्य गरि हाम्रो बैदाम सफा अभियान वडा सदस्य पवित्रा थापाको संयोजकत्वमा अगाडी बढेको जानकारी दिए ।

विभिन्न अभियान समुह, आमा समुह, क्लब, डुंगा व्यावसायि, होटल व्यवसयि लगायतका पर्यटन व्यवसायिहरु पोखराको पहिचान फेवाताल भएकोले सरसफाई र संरक्षण गनु नागरिकको पनि दयित्व हुने भन्दै सफाई अभियानमा सक्रिय भएका छन ।

फेवाताल नेपालको रारा ताल पछिको दोस्रो ठुलो ताल हो । यो विश्व सम्पदा सुचिमा पनि सुचिकृत छ ।
पोखरा महानगरपालिकाले फेवाताल सरसफाइ महाअभियान गत २५ गते बाट सुरुवात गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्