नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अग्रता बढाउदै आर्मी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।

 गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले अग्रता बढाउदै लगेको छ । हालसम्म ४ सय ६४ पदकको छिनोफानो हुँदा आर्मीले  ६१ स्वर्ण, ३९ रजत र २८ कास्य पदक सहित कुल १२८ पदक हात पारिसकेको छ। दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्यपदक सहित ६५ पदक जितेको छ।

अर्को विभागीय टिम एपिएफले १६ स्वर्ण, २५ रजत र ३३ काँस्य पदक सहित कुल ७४ पदक हात परेको छ।

यसैगरी बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्य सहित कुल ५९ पदक जित्दा गण्डकी प्रदेशले १० स्वर्ण, ८ रजत र २० कास्य पदक सहित ३८ पदक आफ्नो पोल्टामा पारेको छ ।

यता एनआरएनएले ६ स्वर्ण, ६ रजत ४ कास्य सहित १६ पदक, प्रदेश १ ले ३ स्वर्ण ८ रजत र २१ कास्य सहित ३२ पदक, मधेश प्रदेशले २ स्वर्ण, ३ रजत र ७ कास्य पदक सहित १२ पदक जितेका छन्।

त्यसैगरी,  सुदुर पश्चिम प्रदेशले २ स्वर्ण, १ रजत, ११ कास्य सहित १४ पदक,लुम्बिनी प्रदेशले १ स्वर्ण, ९ रजत र १२ कास्य सहित २२  र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत, २ कास्य पदक सहित ४ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिता अन्तरगतका खेलहरु जारी रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्