तिर्थ के.सी/पाेखरा । नेपालीहरुकाे दाेस्राे महान चाड तिहार अर्थात भाईटिका संघारमा पाेखराका विभिन्न स्थानमा देउसी भैलाेकाे राैनक देखिएकाे छ । परम्परागत रुपमा खेलिदै आएकाे देउसी भैलाे कतिपय रमाईलाेका लागि त कतिपय संस्कृति जगेर्नाका लागि खेलिरहेका हुन्छन् । देउसी भैलाेले दिएकाे आशीर्वाद लाग्छ, देउसी भैलाेलाई दान गरे पुण्य मिल्छ भन्ने पुरानाे किंवदन्ति पनि रहेकाे छ ।
यस्तै देउसी भैलाे खेल्दै गर्दा भेटिएका सुर्याेदय कला केन्द्रका अध्यक्ष बलराम बस्नेत र हिमाली सांस्कतृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले परापुर्व कालदेखि चलिएकाे रितिरिवाज तथा कला संस्कृतिकाे जगेर्ना गर्नकाे लागि देउसी भैलाे खेलेकाे बताए ।
हिमाली सांस्कतृतिक परिवारका अध्यक्ष थापाले देउसी भैलाेबाट उठेकाे रकम खर्च कटाएर कलाकारकाे निमित्त कलाकार कल्याणकारी काेष स्थापना गर्ने याेजना रहेकाे बताए ।
यस्तै सुर्याेदय कला केन्द्रका देउसी भैलाे संयाेजक अमृत नेपालीले देउसी भैलाेबाट उठेकाे रकम विगतका वर्षहरुमा जस्तै सडकबालबालिकालाई न्यानाे कपडा वितरण गर्ने र वृद्वाश्रममा सहयाेग गर्ने याेजना रहेकाे जानकारी दिए ।
कलाकार उत्पादन गर्ने र कला प्रदर्शन गर्ने यी संस्थाहरु बाहेक पनि पाेखरामा विभिन्न क्लवहरु, संघसंस्था, समूह तथा स-साना बालबालिकाहरु पनि एक आपसमा समूह बनाएर देउसी भैलाे खेलेकाे देख्न सकिन्छ ।
याे वर्षकाे तिहारकाे टीका कार्तिक १० गते विहिवार रहेकाे छ।