सहारा क्लव पोखराको टोलीको बिदाइ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
सहारा क्लव पोखराको टोली मोरङमा हुने बेलबारी बुद्ध इन्टरनेशनल गोल्डकपमा भाग लिन त्यसतर्फ प्रस्थान गरेको छ । सहारा क्लब पोखरामा बिहीबार साँझ उनीहरुलाई बिदाइ गरिएकाे छ ।

क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज), वरिष्ठ उपाध्यक्ष केशवराज बराल लगायतले प्रतियोगितामा सफलताको कामना गर्दै सहाराको कीर्ति फैलाउन शुभकामना दिए ।

सुनिल रानामगर प्रशिक्षक रहेको टोलीमा पत्रकारको तर्फबाट नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यसमिति सदस्य नारायण शाहीको पनि सहभागिता छ ।

फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील मोफसलको प्रतिष्ठित सहारा क्लब पोखराले सहारा फुटबल एकेडेमी समेत संचालन गर्दैै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्