एमाले अध्यक्ष ओली भाेलि विहान १० वजे पाेखरा सभागृह आउँदै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा,२० कार्तिक ।

नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गरेको वृहत कार्यकर्ता तथा शुभचिन्तकबिचकाे भेला सोमबार बिहान १० बजे हुने भएको छ । विशेष कारण १ बजे भनिएको कार्यक्रम बिहान १० बजे सारिएको एमाले कास्कीका जिल्ला निर्वाचन परिचालन कमिटिका सचिवालय सदस्य एवं कास्की २ का प्रचारप्रसार संयाेजक झपट रानाभाटले जानकारी दिए ।

कात्तिक २१ गते सोमबार(भोलि) सभागृहमा हुने कार्यक्रमको प्रमुख अतिथि पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कास्की जिल्ला भरिका पार्टीका कार्यकर्ताहरुलाई सम्वाेधन गर्ने र विशेष मार्गनिर्देशन गर्नेछन् ।

उक्त भेलामा कास्कीका सम्पूर्ण जनतालाई निमन्त्रणा गरिएको रानाभाटले जानकारी जानकारी दिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्